काठमाडौं– एएफसी महिला एसियन कप २०२६ को यात्रा निर्णायक मोडमा आइपुगेको छ।
तासकन्तमा नेपाल र घरेलु टोली उज्वेकिस्तानबीच शनिवार हुने समूह चरणको अन्तिम खेलले अस्ट्रेलियामा अर्को वर्ष हुने एसियन कप खेल्ने एक टोलीको टुंगो लगाउनेछ। खेल नेपाली समयअनुसार राति ९:१५ बजे सुरु हुनेछ।
समूह ‘एफ’ को दुई उत्कृष्ट टोली नेपाल र उज्वेकिस्तानले हालसम्म उत्कृष्ट प्रदर्शन गर्दै समान ६ अंक र समान १७ गोलसहित शीर्ष दुई स्थानमा छन्।
थप रोचक विषय , दुवै टोलीले अहिलेसम्म प्रतियोगितामा कुनै गोल खाएका छैनन्। जसले गर्दा यो अन्तिम खेल एक प्रकारको ‘फाइनल सहर’ बन्न पुगेको छ । जहाँ विजेता टोलीले एसियन कपको टिकट काट्ने छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।