• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, जेठ ६, २०८२ Tue, May 20, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण
किन ‘दुश्मन’ बन्दै छन् नेपाली क्रिकेटका ‘जय र बिरु’को जोडी?
64x64
दीप सुवेदी शनिबार, असोज ९, २०७८  २०:१५
1140x725

युवराज लामा राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्यसचिव हुँदा पारस खड्का र आमिर अख्तरको ‘जुगलबन्दी’ हेर्न लायक थियो। धेरैले उनीहरूलाई भारतीय सिनेमा ‘शोले’का दुई जोडी ‘जय र बिरु’ को उपमा दिन्थे। 

नेपाल क्रिकेट संघ (क्यान) का तत्कालीन अध्यक्ष विनयराज पाण्डेलाई संघबाट नेतृत्वच्यूत गर्न त्यो बेला पारस र अख्तरको जोडीको ठूलो हात थियो। यो प्रकरणबारे भलिभाँती जानकारहरुका अनुसार खेलाडीलाई आफ्नो ‘पैतालाको धुलो’ पनि नठान्ने र ‘व्यक्तिवादी अहंता’ बोकेको खलपात्रको रूपमा पाण्डेलाई नेपाली मिडियामा दर्शाउन यी दुवैले कुनै कसर बाँकी राखेनन्। 

रोचक तथ्य, कुनै बेला नेपाली क्रिकेटमा ‘जय र बिरु’को जोडी मानिने यी पूर्वखेलाडी अहिले एकअर्काको ‘जानी दुश्मन’ बनेका छन्। र, सामाजिक सञ्‍जालमा यी दुवैका फ्यान एकअर्कालाई गाली गर्दै जगहँसाइ गरिरहेका छन्। 

आमिर अहिले एभरेस्ट प्रिमियर लिग (ईपीएल) को चौथो संस्करण आयोजना गर्ने क्रममा सर्वाधिक चर्चामा छन् (चौथो संस्करण शनिबारदेखि सुरु भएको छ)। विदेशी खेलाडी, विशेषतः नेपाली क्रिकेट प्रेमीमाझ निकै लोकप्रिय पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी इपीएलमा आवद्ध हुँदै दुई खेल खेल्न काठमाडौं उत्रिएसँगै आमिरको चर्चा चुलिएको हो। 

तर, आमिर यो अवस्थामा आइपुग्न उनै पारसको सबैभन्दा ठूलो रोल थियो। सन् २०१४ मा नेपालले बंगलादेशमा टी-२० विश्वकप खेलेपछि पारसको पद र प्रतिष्ठा नेपाली खेलकुदमा उच्च स्थानमा पुगेको थियो। किनभने पारसकै कप्तानीमा नेपालले पहिलो पल्ट टी-२० विश्वकप खेलेको थियो। विश्वकपका दुई खेलमा जितसमेत हासिल गरेको थियो।

नेपाली क्रिकेटको वर्तमान अवस्था हेर्दा पारस खड्का क्यानको वर्तमान नेतृत्वको विपक्षमा उभिएका व्यक्ति हुन् भने आमिर अख्तर अध्यक्ष चतुरबहादुर चन्द समूहका ‘खास मानिस’ मानिन्छन्। 

उनको लोकप्रियता भजाउँदै आमिरले टी-२० प्रतियोगिता गराउन नेपाली कर्पोरेट क्षेत्रबाट मोटो रकम उठाएका थिए। प्रायोजकको ढोकाढोकामा पारसलाई बोकेर गएको तथा पत्रकार सम्मेलनमा पारस र ज्ञानेन्द्र मल्ललाई दायाँ र बायाँ राखेको इतिहास धेरै पुरानो भएको छैन। त्यो अहिले पनि नेपाली पत्र-पत्रिकाका कटिङ तथा टेलिभिजनका आर्काइभ फुटेज हेर्दा छर्लङ हुन्छ। 

यति नजिकको सम्बन्ध हुँदाहुँदै आखिर पारस र आमिरको सम्बन्ध किन बिग्रियो? यो भने अहिले आमनेपाली क्रिकेटप्रेमीको लागि चासोको विषय बनेको छ।

Ncell 2
Ncell 2

नेपाली क्रिकेटको वर्तमान अवस्था हेर्दा पारस खड्का क्यानको वर्तमान नेतृत्वको विपक्षमा उभिएका व्यक्ति हुन् भने आमिर अख्तर अध्यक्ष चतुरबहादुर चन्द समूहका ‘खास मानिस’ मानिन्छन्। 

खेलाडीले अभ्यास चाहियो भनेकै छैनन् : चतुरबहादुर चन्द [अन्तर्वार्ता]
चतुरबहादुर चन्द

क्यानले आफूले नियमित गर्नुपर्ने काम नगरिरहेको अहिलेको अवस्थामा आमिरको कार्यक्रमलाई सफल बनाउन न्वारानदेखि लगाएको बल देखेर क्रिकेट विश्लेषकहरु पनि यतिबेला लज्जित बनेका छन्। खासमा भन्नुपर्दा चन्दको पनि ‘अध्यक्ष’ जस्तै यतिबेला आमिर देखिएका छन्। 

क्यान नेतृत्व पछिल्लो दुई वर्षयता कोभिड-१९ लाई कारण देखाउँदै सुतेर बसेको छ। कुनै बेला नेपाली फुटबलभन्दा बढी सक्रिय नेपाली क्रिकेट अहिले लगभग धरासायी अवस्थामा पुगिसकेको छ। 

डेभ वाट्मोर जस्ता हस्तीलाई श्रम स्वीकृति जस्तो सामान्य कुरामा अडाउन नसक्नु अहिलेको क्यान नेतृत्वको सबैभन्दा ठूलो असफलता हो। यही अवस्था कायम रहे नेपाली क्रिकेटको भविष्य कस्तो होला सहजै अनुमान लगाउन सकिन्छ। 

क्यानको यही विफलतालाई बुझेका पारसले केही महिनाअघि अन्तर्राष्ट्रिय क्रिकेटबाट एक्कासी सन्यास लिँदै अब आफू नेतृत्वका लागि लड्ने उद्‍घोष गरेका थिए। वास्तवमा अहिलेको क्रिकेटको लडाइँलाई यो दृष्टिकोणबाट हेर्दा सही हुन्छ।

हिजो पारसले कसलाई के भने? आमिरले के गरे? यी सबै तपसीलका कुरा हुन्। पारसलाई एनपीएल र इपीएलको ‘ब्राण्ड एम्बेसडर’ को तहमा कर्पोरेट हाउसको ढोकाढोका चहार्न लगाएर आमिरले पैसा कमाएको सत्य हो। यो सत्यलाई उनले हजारौं असत्य कुरा गरेपनि ढाकछोप गर्न सक्दैनन्।

पारसले राष्ट्रिय टोलीको कप्तान हुँदा ‘म नै संघ हुँ’ भन्ने जुन घमण्ड देखाए, त्यो पनि अर्को सत्य हो।

जसरी विनयराज पाण्डेविरूद्धको अभियानमा यो जोडी लाग्दा, ‘विनयराजले नमस्ते त फर्काउँदैन’ भन्ने उनीहरूको आरोप थियो। पछिल्लो समय यी दुवैको अहंकार पनि पाण्डेकै तहमा पुगेको प्रस्ट देखिन्छ।

विनयराज पाण्डे

पारसले क्रिकेटको नेतृत्व नछोड्दासम्म उनीविरूद्ध यस्तो आरोप लाग्ने गर्दथ्यो- पारसको घरमा पुगेर जुन खेलाडीले हाजिरी बजाउँदैनथ्यो, त्यो टिमबाट बाहिर हुन्थ्यो।

पारसमाथि लाग्ने यस्तो आरोपको सत्यताको परीक्षण आफ्नो ठाउँमा छ, आमिरको पनि बदलिएको हैसियत पुराना पुस्ताका खेलाडीलाई सोध्दा छर्लङ्‍ग हुन्छ।

यी सबै मुद्दाका बीच क्यानचाहिँ कहाँ उभिएको छ त? यो भने मुख्य र जटिल विषय हो। क्यान पदाधिकारीहरू आफ्नो संघको लोगो ‘गैंडा’ जस्तै सुतेर बसेका छन्। स्थानीयस्तरका प्रतियोगितादेखि अन्तर्राष्ट्रियस्तरको क्रिकेट प्रतियोगिता गराउन क्यानलाई आमिरको आवश्यकताबोध हुनु भनेको त्यसभित्र केही न केही कैफियत छ भन्ने बुझ्न गाह्रो छैन।

अहिलेका क्यान पदाधिकारी न पारसको ‘कन्ट्रिब्युसन’ स्वीकार गर्ने पक्षमा छन्, न पारस वर्तमान क्यान नेतृत्वलाई स्वीकार गर्ने पक्षमा। यस्तोमा एउटा व्यक्ति नेपाली क्रिकेटको ‘फोकल प्वाइन्ट’ बन्ने अवस्था आउनु नेपाली क्रिकेटकै बिडम्बना हुनेछ।

टिकट बिक्रीदेखि प्रायोजक खोज्ने कार्य आमिरलाई सुम्पिएर क्यानको नेतृत्व अहिले के गरेर बसिरहेको छ? यो गम्भीर विषय हो। अझ रमाइलो कुरा, कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा ‘फ्लड लाइट’ देखि पारापेट बनाइदिने आश्वासन आमिरले दिएका छन् भन्दै क्यान नेतृत्वले पिठ थपथपाइरहेको अर्को ओपन सेक्रेट हो।

नेपाली क्रिकेट चतुरबहादुर चन्दको नेतृत्वमा चल्न सक्दैन भन्ने आवाज क्यानभित्रैबाट उठ्न थालेको छ। यस्तो अवस्थामा क्यानको आगामी निर्वाचन पेचिलो बन्ने पक्का छ। र, यो निर्वाचनमा आमिरको झुकाव कतापट्टि हुन्छ, त्यो विश्लेषण गर्न सजिलो छ।

यो पनि पढ्नुहोस्

डेभ वाट्मोर : मूर्छित सपना जगाउँदै थिए, क्यान नेतृत्वको अकर्मण्यताले टिक्न सकेनन्बिहीबार, असोज ७, २०७८

भारतलाई सन् १९८३ मा आफ्नो कप्तानीमा विश्वकप जिताएका कपिल देव भारतीय क्रिकेट बोर्ड (बीसीसीआई) को उपेक्षाका बीच २००७ मा आइसीएल (इन्डियन क्रिकेट लिग) मा आवद्ध भएका थिए। उनको त्यो हर्कतलाई बीसीसीआईले संघविरूद्धको कार्य ठहर गर्‍यो। र, उनको पेन्सनदेखि सबै कुरा रोक्का गरियो। पछि बीसीसीआईले देशप्रति उनको समर्पणको मूल्यांकन गर्‍यो र उनले पनि २०१२ मा आईसीएलबाट राजीनामा गरे। अहिले उनी भारतीय क्रिकेट बोर्डको अभिन्न अंग भएर काम गरिरहेका छन्।

नेपाली क्रिकेटमा भने व्यक्तिगत अहम्का कारण टकरावको स्थिति बनेको छ। जुन टकराव न खेलाडीको हितमा छ, न नेपाली क्रिकेटकै। अहिलेका क्यान पदाधिकारी न पारसको ‘कन्ट्रिब्युसन’ स्वीकार गर्ने पक्षमा छन्, न पारस वर्तमान क्यान नेतृत्वलाई स्वीकार गर्ने पक्षमा। यस्तोमा एउटा व्यक्ति नेपाली क्रिकेटको ‘फोकल प्वाइन्ट’ बन्ने अवस्था आउनु नेपाली क्रिकेटकै बिडम्बना हुनेछ।

प्रकाशित मिति: शनिबार, असोज ९, २०७८  २०:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
शरदचन्द्र शाहको सोचको उपज थियो, पहिलो दक्षिण एशियाली खेलकुद  भारतले आयोजनाको दाबेदारी छोडेपछि माल्दिभ्सको पालो आउँथ्यो, तर माल्दिभ्समा खेलकुदको कुनै पूर्वाधार तयार थिएन। त्यसैले उसले सुरुमै हात... मंगलबार, असार २६, २०८०
ताजा समाचारसबै
मध्य मेक्सिकोमा बन्दुकधारीद्वारा ७ जनाको हत्या मंगलबार, जेठ ६, २०८२
सेयर बजारमा हरियाली मंगलबार, जेठ ६, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सुशासन कायम गर्न सूचनाको हक आवश्यकः गृहमन्त्री लेखक मंगलबार, जेठ ६, २०८२
भूकम्पको धक्का महसुस मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
रौतहटमा औषधि पसल अनुगमन गर्न गएको टोलीमाथि आक्रमण, दुईजना घाइते सोमबार, जेठ ५, २०८२
दिल्ली माथि गुजरातको १० विकेटको सानदार जित, तीन टोली प्ले अफमा प्रवेश सोमबार, जेठ ५, २०८२
यूएईलाई पाँच विकेटले हराउँदै नेपाल विश्वकप ग्लोबल छनोटमा सोमबार, जेठ ५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
सरकारको बेरुजु ७ खर्ब ३३ अर्ब नाघ्यो , एक वर्षमै ९१ अर्ब ५९ करोड थप बुधबार, वैशाख ३१, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
क्यानको केन्द्रीय सम्झौताबाट बाहिरिने सन्दीपको निर्णय बुधबार, वैशाख ३१, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्