• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
सरकारी कार्यालयबाट निकालिएका हरिशंकर कसरी बने ‘उत्कृष्ट कर्मचारी’?
64x64
धनु विश्वकर्मा मंगलबार, असोज १२, २०७८  ०७:०५
1140x725

काठमाडौँ– नागरिकता बनाउन जाँदा कुनै दिन सरकारी कार्यालयबाट निकालिएको तितो अनुभव छ, हरिशंकर ज्ञवालीसँग। उनी गुल्मीको सदरमुकाम तम्घासस्थित जिल्ला प्रशासन कार्यालय पुगेका थिए। करिब दुई घन्टा लाइनमा बसेपछि बल्ल भित्र पस्ने पालो आयो। तर, तत्कालीन प्रमुख जिल्ला अधिकारीले ढाकाटोपी नलगाएको भन्दै उनलाई बाहिर निकालिदिए। 

उनै ज्ञवाली यसपटक निजामती कर्मचारी दिवसमा ‘उत्कृष्ट निजामती पुरस्कार’बाट पुरस्कृत भएका छन्। सरकारी कर्मचारी भएपछि आफूले भोगेको त्यो घटनाबाट समेत पाठ सिकेर काम गर्ने गरेको उनी बताउँछन्।

ज्ञवाली महान्यायधिवक्ताको कार्यालयमा उपन्यायाधिवक्ता छन्। प्रायः राजस्वसँग सम्बन्धित मुद्दा हेर्छन्। सरकारको प्रतिरक्षामा अदालतसम्म पुगेर बहस गर्नु उनको प्रमुख काम हो।

उनको टिमले गरेको अनुसन्धान र बहसकै आधारमा सरकारले कतिपय मुद्दा जितेको छ। राजस्व चुहावट रोक्न सफल भएको छ। त्यति बेला उनी निकै खुसी हुन्छन्। देशका लागि योगदान गरेको महसुस गर्छन्।

उनको यही योगदानलाई कदर गरेर सरकारले उत्कृष्ट कर्मचारीको रुपमा पुरस्कृत गरेको छ। करिब २४ वर्षको सेवा अवधिमा उनले पाएको यो सबैभन्दा ठूलो सम्मान हो। 

आफूहरुको काम सरकारको आँखामा मात्र नभइ सेवाग्राहीले पनि ठीक ढंगले अनुभूति गर्न सक्नुपर्ने उनी बताउँछन्। जनता सन्तुष्ट भए मात्र कर्मचारी सफल भएको महसुस हुने उनको भनाइ छ। ‘हामीले गरेको कामको मूल्यांकन जनताले गर्ने हो। हामीले सेवाग्राहीलाई पनि सन्तुष्ट बनाएका छौँ भन्ने लागेको छ। त्यसैले सरकारले पुरस्कृत गर्दा गर्व लागेको छ।’

उनले यो पुरस्कारलाई चुनौती पनि मानेका छन्। कर्मचारी स्थायी सरकार भएको हुनाले देशमा थिति बसाल्न ठूलो हात हुन्छ। पुरस्कार पाएपछि आफूले गरेका कामलाई अझ परिस्कृति र सेवाग्राहीमुखी बनाउने चुनौती थपिएको उनी बताउँछन्।

गुल्मीदेखि महान्यायधिवक्ताको कार्यालयसम्म
ज्ञवाली गुल्मीको रुरुक्षेत्र गाउँपालिका वडा नम्बर–३ का स्थायी बासिन्दा हुन्। उनले गाउँकै राष्ट्रिय निम्न माध्यमिक विद्यालयमा ७ कक्षासम्म अध्ययन गरे। मावि तहको अध्ययनका लागि भने डेढ घन्टाको बाटो हिँडेर श्रीगंगा पुग्थे। उनी सानो हुँदै बाबु बितेकाले परिवारमा आर्थिक समस्या थियो।

दाजुभाइ र दिदीबहिनी गरी १० जना थिए। उनी पाँचौँ सन्तान। दाइहरु काठमाडौँमा बस्थे। उनी गाउँमा आमासँग बस्थे। तर, २०४३ सालमा एसएलसी उत्तीर्ण गरेपछि उनले पनि गाउँ छाडे।

काठमाडौँ आएपछि दाइले उनलाई आईएलमा भर्ना गरिदिए। तर, उनलाई व्यापारप्रति झुकाव थियो। ‘कमर्स’ पढेर व्यापार व्यवसाय गर्ने अठोट थियो। दाइको कुरा काट्न नसकेपछि कानुन नै पढ्न थाले।

उनका दाइ सरकारी सेवामा थिए। त्यहीकारण भाइलाई पनि सरकारी सेवामा नै प्रवेश गराउन कानुनमा भर्ना गरिदिएको उनको अनुमान छ। उनको पनि सरकारी सेवाप्रति विस्तारै आकर्षण बढ्यो।

उनले पहिलो पटक २०४६ सालमा प्रशासनतर्फका लागि लोकसेवा आयोगको परीक्षा दिए। सहलेखापालमा नाम पनि निकाले। तर, अन्तरवार्तामा सफल भएनन्। अर्को वर्ष बीएल उत्तीर्ण गरे। त्यसपछि जागिर खानेकी नखाने भन्ने दोधारमा परे। दाइहरुले भने लोकसेवा पढ्न सल्लाह दिए। उनले तयारी थाले। 

त्यही बेला लोकसेवा आयोगको केन्द्रीय कार्यालयमा करिब सात महिना अस्थाई काम गरे। त्यसपछि सहकारी विभागमा पनि अस्थाई रुपमा नै नासु सरहको जागिर गरे। तर, लोकसेवा आयोगले लिने परीक्षामा भने शाखा अधिकृतभन्दा तल सहभागी नै नहुने अठोट गरे। ‘अफिसरबाट गयो भने चाँडै सचिव भइएला भन्ने मनमा थियो, नाम निस्किएन भने व्यापार गर्ने मनस्थिति बनाएको थिएँ,’ उनी भन्छन्।

उनले २०५४ सालमा शाखा अधिकृत उत्तीर्ण गरे। सरकारी वकिलमा नाम निकालेपछि सुरुको नियुक्ति धादिङमा भयो। त्यसपछि मनाङ, बागलुङ, अर्घाखाँची, भैरहवा हुँदै महान्यायाधिवक्ताको कार्यालय काठमाडौँमा कार्यरत छन्।

जागिर सुरु भएको १४ वर्षपछि २०६८ सालमा उनी उपसचिव भए। अहिले महान्यायधिवक्तको कार्यालयमा विशेषगरी कर सम्बन्धी मुद्दा हेर्छन्। 

उनलाई कतिपय साथीले सरकारी वकिल हुनुभन्दा जिल्ला न्यायाधीश भएर जान सुझाव दिन्छन्। ‘सरकारी वकिल भएर कति बस्नुहुन्छ? जिल्ला न्यायाधीश हुनुहोस्,’ यसो भन्नेको संख्या धेरै छ। तर, उनी भने वकालतीमा नै रमाएको बताउँछन्। उनी भन्छन्, ‘वकिल हुनुमा जति आनन्द न्यायाधीश हुनुमा छैन भन्ने लाग्छ। वकिल हुँदा स्वतन्त्रता पाइन्छ, तर न्यायाधीश हुँदा निस्पक्ष हुनुपर्ने हुनाले त्यस्तो स्वतन्त्रता पाइँदैन।’

तर, निजामती कर्मचारीलाई दिइने सेवासुविधाप्रति उनी सन्तुष्ट छैनन्। सरकारले दिने तलबले परिवार धान्न गाह्रो हुने उनको भनाइ छ। उनी भन्छन्, ‘हामी राज्यको तर्फबाट काम गर्ने हो। जनताले तिरेको करको पैसा विभिन्न माध्यमबाट उठाएर सेवासुविधा लिने हुनाले दत्तचित्त भएर काम गर्छौँ। तर, अहिलेको सुविधाले परिवार धान्न गाह्रो छ।’

असल कर्मचारीका गुण कस्ता हुन्छन्? 
कर्मचारीले सेवाग्राहीको पिरमर्का बुझिदिनुपर्ने उनी बताउँछन्। सरकारले तोकेको काम नियमानुसार समयमा नै फत्ते गर्नु कर्मचारीको कर्तव्य भएको उनको भनाइ छ। सरकारी कामलाई उनी ‘टिम वर्क’ भएको बताउँछन्। त्यसैले सबै कर्मचारीको जिम्मेवारी बराबर हुने उनको भनाइ छ।

‘पहिला सरकारी काम कहिले जाला घाम भन्ने उखानै बनाएका थिए,’ उनी भन्छन्, ‘अब यो भनाइ लागू हुँदैन। जनतामा चेतना बढेको छ, प्रविधिको जमाना छ। कर्मचारीमा पनि जिम्मेवारीबोध छ।’ 

उनको अनुभवमा पहिले सरकारी कर्मचारी र जनताको सम्बन्ध नजिकको थिएन। तर, अहिले त्यो सम्बन्ध नजिकको छ। महान्याधिवक्ताको कार्यालयले त्यसलाई थप नजिकको बनाउन ‘समुदायसँग सरकारी वकिल’ कार्यक्रम नै लागू गरेको छ। कर्मचारीको काम पनि पारदर्शी बनाइएको छ।

राज्यले जनताको सेवाका लागी सेवासुविधा दिएर खटाएका मान्छे जहिले पनि जनताप्रति नतमस्तक हुनुपर्ने उनी बताउँछन्। जनताका समस्या सुनिदिए मात्र पनि उनीहरु खुसी हुने उनको भनाइ छ। ‘कुनै काम गर्न सिद्धान्त, कानुन, प्रक्रिया र व्यवहारले नसकिएला, तर सर्वसाधरणलाई बुझ्ने भाषामा बताइदियो भने उनीहरु सन्तुष्ट हुन्छन्। एक जना मात्र सन्तुष्ट भए उसले त्यो कुरा अरुलाई सुनाउँछ। त्यसकारण हामीले प्रत्येक सेवाग्राहीको कुरा ध्यानपूर्वक सुनेर जवाफ दिनुपर्छ।’ 

प्रकाशित मिति: मंगलबार, असोज १२, २०७८  ०७:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्