• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
साहित्य डबली
सुराकी
केशव पुडासैनी ‘विमल’ शनिबार, असोज १६, २०७८  ०९:३८
1140x725

राणा शासनकै जमाना थियो।

ऋद्धिकान्त आफ्ना बाउ धर्मानन्दसँगै वल्लो किराँतबाट बसाइँ सरेर माझ किराँत पुगेका थिए। वल्लो किराँतको चिसापानी गाउँमा बिहानबेलुका हातमुख जोर्न धौधौ परेपछि धर्मानन्दले माझ किराँतको काफलबोटे गाउँमा ३ हलको मेलो पाखोबारी र अँधेरी खोलाको पानी लाग्ने दश पाथी धानको बिउ लाग्ने खेत किनेर बसोबासको बन्दोबस्त मिलाएका थिए। यिनै धर्मानन्दका दुई भाइ छोरामध्ये जेठा छोरा ऋद्धिकान्त थिए। कान्छा चाहिँ विजयकान्त। 

धर्मानन्दले आफ्नै बाबुबाट दुर्गा कवच र चण्डी पाठ गर्न सिकेका थिए। ऋद्धिकान्त र विजयकान्त दुवै छोरालाई घरमै धुलौटो कोरेर देवनागरी भाषाको सावा अक्षर चिनाए धर्मानन्दले। कान्छो छोरा विजयकान्तको भन्दा जेठो छोरा ऋद्धिकान्तको दिमाग अलि बढी नै तेज छ भन्ने अड्कल काटेका धर्मानन्दले ऋद्धिकान्तलाई संस्कृतको प्रकाण्ड विद्वान बनाउन वनारस पठाउने निधो गरे।

केशव पुडासैनी ‘विमल’

‘ऋद्धिकी आमा ! कान्छोको भन्दा ठूलोको दिमाग बढी नै तेज छ जस्तो लाग्छ। देखेको र सिकाएको कुरा टपक्कै टिप्छ। सानोको बोधो छ धेरै नै। यता कतै स्कुल छैन। ठूलोलाई उतै वनारस पुर्‍याएर आउँछु। उतै बसेर पढ्छ। प्रारब्दको कुरा हो, प्रकाण्ड विद्वानै बन्न पनि सक्छ!’ —खलामा दाइँ हालिसकेपछिको भोलिपल्ट बिहानै धर्मानन्दले आफ्नी श्रीमती लक्ष्मीदेवीलाई भने।

‘हामी बाहुन जातिका सन्तानमध्ये एउटा त जसरी पनि शास्त्रास्त्र बुझेको हुँनैपर्छ। यस्तो भएन भने कुल घरानामा बिहेवारी गर्न पनि सारो पर्छ। मलाई पनि सानोकोे भन्दा ठूलोको नै दिमाख तेजी छ जस्तो लाग्छ। कहिले पुर्‍याएर आउनु हुन्छ त वनारस ठूलोलाई ?’ —लक्ष्मीदेवीले धर्मानन्दको कुरामा समर्थन जनाउँदै बोलिन्।
‘आउने शुक्रबारको साइत गरेर निस्कनु पर्ला। अब चार दिन त बाँकी छ। खर्चवर्चको पनि जोह गर्नुपर्‍यो, त्यहाँसम्म पुगेर आउन।’ —धर्मानन्दले निणर्य सुनाए।  

यसपछि धर्मानन्द आवश्यक खर्चबर्चको जोरजम्मा गर्नपट्टि लागे भने लक्ष्मीदेवीले चाहिँ खरानी पानीमा धर्मानन्द र ऋद्धिकान्तको खाकीको दौरा–सुरुवाल पकाएर र टोपी रिठ्ठाको दाना मिचेर धोइदिइन्। आवश्यक व्यवस्था मिलाएपछि धर्मानन्द ऋद्धिकान्तलाई लिएर बिहानको मिरमिरे उज्यालोमा वनारसतिर हिँडे। त्यसबखत ऋद्धिकान्त नौ वर्ष पुगेर दश वर्ष लागेका थिए। विजयकान्त चाहिँ सात वर्ष पुगेर आठ वर्षमा पाइलो टेक्दै थिए। 

विजयकान्त घरमै देवनागरीका सावा अक्षर चिनेर खेतीपातीकै काम गरेर बसे। बेलामौकामा घरमा आउनेजाने गरेका ऋद्धिकान्तले ११ वर्षपछि म्याट्रिक पास गरे। यसरी काफलबोटे गाउँमा सबैभन्दा पहिले म्याट्रिक पास गर्ने ऋद्धिकान्त नै भए। 
+++

देशमा राणा शासनको अन्त्य भएर प्रजातान्त्रिक शासन व्यवस्था सुरु भएपछि देशभरि स्कुलहरु खुले। काफलबोटे गाउँमा पनि प्राथमिक तहको स्कुल स्थापना भयो। तर, पढेलेखेको शिक्षकको अभावमा स्कुलको राम्रो प्रगति हुन सकेन। २०१४ सालमा ऋद्धिकान्त वनारस छोडेर घर फर्किए। म्याट्रिक पास गरेका ऋद्धिकान्त वनारसको बसाइ छोडेर स्वदेशमै बस्ने गरी आएको कुरा सुन्दा काफलबोटे गाउँका जनता औधी खुशी भए। गाउँलेहरुले काफबोटे प्राथमिक स्कुलको प्रधानाध्यापक ऋद्धिकान्तलाई नै बनाउने निधो गरे। गाउँलेहरुको अनुरोधलाई नाघ्न नसकेर ऋद्धिकान्त यही स्कुलमा पढाउन थाले। 

एकातिर स्कुलको शिक्षक र अर्कोतिर वनारस बस्दा राजनीतिको नसापानसमेत गरेका ऋद्धिकान्त आफ्नो गाउँठाउँमा प्रजातान्त्रिक विचारको संवाहक पनि बने। नेपाली कांग्रेस पार्टीलाई २०१५ सालको निर्वाचनमा सघाएवापत् काफलबोटे प्राथमिक स्कुललाई माझ किराँतमा नेपाली कांग्रेसको प्रभावक्षेत्र मानिन थाल्यो ।

२०१७ सालमा पञ्चायती व्यवस्थाको स्थापना भएपछि ऋद्धिकान्त ‘हाम्रा प्यारा राजा प्राणभन्दा प्यारा छन्’ भन्दै पञ्चायती व्यवस्था र राजाको जयजयकार गाउन थाले। नेपाली कांग्रेसको प्रभाव क्षेत्र रहेको वल्लो किराँतको काफलबोटे गाउँको स्कुलमा प्रधानाध्यापक नै पञ्चायती व्यवस्था र राजाको कट्टर समर्थक भएर उभिएपछि काफलबोटे प्राथमिक स्कुल २०२० सालमै माध्यमिक स्कुलमा स्तरोन्नति भयो। काफलबोटे गाउँ ‘काफलबोटे गाउँ पञ्चायत’ भयो। १५—१६ वर्ष लगातार स्कुलमा पढाएपछि ऋद्धिकान्तको आर्थिक अवस्था पनि निकै सुधार भयो। यसैबीचमा अमिलबोटे गाउँको रमानन्द खनालकी कान्छी छोरी पार्वतीदेवीसँग ऋद्धिकान्तको बिहे भयो। यिनीबाट ऋद्धिकान्तको दुई भाइ छोरा र एउटी छोरी जन्मिए। ज्योतिषी विधिअनुसार जेठा छोराको नाम सूर्यनाथ, कान्छो छोराको नाम गोपालनाथ र छोरीको नाम चन्द्रावती राखियो।

२०२० सालमा पञ्चायतको चुनाव हुने भयो। ऋद्धिकान्तले आफ्नो गाउँ, वरपरका गाउँ र अमलिबोटे गाउँका मतदाताहरुको अवस्थालाई राम्ररी केलाए। अमिलबोटे गाउँ पनि त्यसबखत काफलबोटे पञ्चायतमै गाभिएको थियो। खनालहरुको करिब तीन बीस घरबस्ती भएको अमिलबोटे गाउँमा रमानन्द खनाल प्रायः सबैका हितैषी थिए। पक्कै पनि चुनाव जित्छु भन्ने आत्मविश्वास भएपछि ऋद्धिकान्त शिक्षकको जागिरबाट राजीनामा दिएर काफलबोटे गाउँ पञ्चायतमा प्रधानमपञ्चको चुनाव लडे र जिते पनि। 

चुनावमा हरेक गाउँमा विभिन्न विचारका मानिसहरुको विभिन्न जमात देखा परे। चुनावपछि पनि यस्ता जमातहरु छिन्नभिन्न भएनन्। बरु चुनाव जितेका र हारेकाहरुको विभिन्न जमातमा जनताहरुसमेत जानअञ्जानमा संलग्न हुन पुगे।

चुनावमा हरेक गाउँमा विभिन्न विचारका मानिसहरुको विभिन्न जमात देखा परे। चुनावपछि पनि यस्ता जमातहरु छिन्नभिन्न भएनन्। बरु चुनाव जितेका र हारेकाहरुको विभिन्न जमातमा जनताहरुसमेत जानअञ्जानमा संलग्न हुन पुगे। बाहिर हेर्दा शान्त देखिए पनि काफलबोटे पञ्चायत भरि शीत युद्धको भुसभुसे आगो फैलिंदै जान थाल्यो। नभन्दै चुनावपछिको पहिलो संक्रान्ती मेलामा त एक किसिमको साम्प्रदायिक दङ्गा नै भड्कियो। 

किराँत र अरु मतवाली जातिहरुको बाहुल्य रहेको काफलबोटे गाउँ पञ्चायतमा ब्राह्मण जातिको मान्छेले चुनाव जित्नुलाई उग्र जातिवादी किराँतीहरुले आपूmप्रतिको अपमान र अत्याचार सम्झिएका थिए। त्यसैले त्यो सङ्क्रान्ति मेलामा ऋद्धिकान्तको पक्षमा लागेर भोट माग्न हिँड्ने आप्mनै जातिका युवा र अरु जातिका युवाहरुलाई प्रधानपञ्चको चुनाव हारेका अजम्बर किराँतीको उक्साहटमा किराँती युवाहरुले लाठी र छुरा प्रहार गरे। 

‘अब गाउँमा बस्न नसक्ने भइयो। हजुरलाई मद्दत गर्दा हाम्रो यो हविगत भयो। हाम्रो जिउधनको सुरक्षा हजुरले मिलाउनु पर्‍यो!’— सङ्क्रान्ती मेलाको भोलिपल्ट बिहानै ऋद्धिकान्तको आँगनमा भेला हुन आइपुगेका १५—२० जना युवामध्ये एकजना तिलक आङ्बुहाङले ऋद्धिकान्तलाई भन्यो।

ऋद्धिकान्तले आफ्नो आँगनमा भेला भएका युवाहरुको पाउदेखि शिरसम्म हेरे। आउने युवामध्ये आधीजसो गैरमतवाली थिए। ती युवामध्ये पनि कसैका निधारमा ठूलाठूला टुटुल्का उठेका थिए भने कसैका टाउकाको कपालमा रगत लत्पतिएको थियो। कसैका अनुहारमा चिथोरिएका थिए, कसैका ज्यानका लुगा च्यातिएका थिए। कसैका आँखा पीडा र आत्माग्लानीले फतक्कै गलेका देखिन्थे भने कसैका आँखामा आक्रोश र प्रतिशोधका ज्वाला भर्भराइरहेका देखिन्थे। केही बेर मनमनै विचार गरेपछि स्थितिलाई आफू अनुकूल बनाउने इरादाले ऋद्धिकान्तले भने— ‘तिमीहरु सबै मेरा मान्छे हौ। तिमीहरुलाई परेको आपत्–विपत् मलाई परेकै आपत्–विपत् हो। तिमीहरु सबैको जिउ–धनको रक्षा मेरो जिम्मा भो। म अब गाउँमा पुलिस चौकी डाक्छु।’

ऋद्धिकान्तका कुराले आश्वस्त र विश्वस्त हुँदै युवाहरु आ–आफ्नो बाटो लागे। ऋद्धिकान्तको घरको आँगन त खाली भयो, तर ऋद्धिकान्तको मनमा अनायास भयको अजङ्गको पहाड उभिन आइपुग्यो। आफ्नै जातिका मान्छेहरुमाथि यति धेरै ज्यादती गर्नेहरुले सकै मैमाथि पनि हातपात गर्न बेर छैन भन्ने अड्कल काटेर ऋद्धिकान्त बिहानको खाना खानेबित्तिकै दौरासुरुवालमा ठाँटिएर राजधानीतिर हिँडे। ‘काफलबोटे गाउँमा शान्ति सुव्यवस्था कायम गर्न र जनताहरुको जिउ–धनको रक्षाको खातिर एउटा पुलिस चौकीको यथाशीघ्र स्थपना गरिपाउँ’ भनी राजाका हजुरमा बिन्ती चढाए। राजाबाट पनि गृहमन्त्रालयको नाममा तुरुन्तै हुकुम जारी गरियो— ‘माझ किराँतको काफलबोटे गाउँ पञ्चायतको प्रधानपञ्च श्री ऋद्धिकान्त नेपालबाट उक्त पञ्चायतमा एउटा पुलिस चौकीको स्थापनाको निम्ति श्री ५ का हजुरीयामार्फत् बिन्ती चढाइएकोले यथाशीघ्र उक्त पञ्चायतमा एउटा पुलिस चौकी स्थापना गर्ने कार्य अघि बढाउनू!’

यसरी काफलबोटे गाउँमै एउटा पुलिस चौकी स्थापना भयो। 

पुलिस चौकीको स्थापना भएपछि ऋद्धिकान्तको मनोबल एकाएक उकालो लाग्यो। उनले आफ्ना समर्थक, सहयोगी र मतदाताहरुलाई ‘नडराईकन आफ्नो सोझो गरेर बस्नू र कसैले अचाक्ली गरे भने पुलिस चौकीमा उजुरी गर्नू, परेको म हेर्छु’ भनी ढाडस दिए। यसपछि पुलिस चौकीमा उजुरी गर्न आउने मान्छेको भीड लाग्न थाल्यो। पुलिसहरुसँगको मिलेमतोमा ऋद्धिकान्तले काफलबोटे पञ्चायतमा आप्mनो अवस्थालाई मजबुत बनाए। गाउँमा स–सानो झैँ-झगडा र भनाभन मात्रै भए पनि पुलिस चौकीमा उजुरी पर्थ्यो। 

सबैभन्दा बढी झैँ-झगडा किराँती र अरु मतवाली बस्तीमै हुन्थ्यो। यी सबै बस्तीमा ऋद्धिकान्तलाई भोट दिने र नदिने मानिसहरु थिए। झगडा पनि यिनै मानिसकाबीचमा धेरै हुन्थ्यो। पुलिस चौकीमा आउने हरेक पुलिस ऋद्धिकान्तको आदेश र सल्लाहलाई शिरोपर गर्थे। चौकीमा आइपुग्ने हरेक उजुरी ऋद्धिकान्तको निम्ति आर्थिक उपार्जनको बलियो स्रोत बन्न पुग्यो। उजुरीअनुसार पुलिसले मानिसलाई पक्रिएर ल्याउँथ्यो र चौकीको एउटा कोठामा थुन्थ्यो। केरकारको सिलसिलामा हरेक थुनुवाका जिउमा कटबाँसको लठ्ठीको डाम बसालिन्थ्यो। थुनुवाका आफन्तहरु हारगुहार गर्दै ऋद्धिकान्तको दैलोमा आइपुग्थे।

एक दिन कुरैकुराको सिलसिलामा हारगुहार माग्न आउने थुनुवाहरुका आफन्तलाई ऋद्धिकान्तले भनेका थिए— ‘के गर्छौ त, केही न केही उपद्रो नगरेको भए तिनका विरुद्ध उजुरी पर्दैनथ्यो होला। नगर्नु उपद्रो गरिहाल्यो, पुलिसको फन्दाबाट फुत्किनु सजिलो छैन, जिल्ला पठायो भने झनै गाह्रो हुन्छ, बरु अलिकति खर्चबर्चको व्यवस्था यहींका पुलिसलाई गरिदिनुपर्छ, त्यसो भयो भने मै जमानी बसेर तिम्रा मान्छे छुटाइदिउँला।’ 

त्यसबखत ऋद्धिकान्तका कुरा सुनेर उनीहरुले भनेका थिए— ‘लौ हजुर, हाम्रा ठूलो मान्छे त तपाईं नै हो, हजुरकै हातमा सकेको राखिदिउँला, हजुरले जसरी पनि निकाल्दिनु पर्‍यो !’ 

त्यसपछि ऋद्धिकान्तले जुँगामा ताउ लाउँदै भनेका थिए— ‘आजै त साथमा छैन, होला। रकमको जोहो गरेर भोलि आउनू। तिम्रा मान्छेको जिम्माजमानी म आपैंm बसेर निकाल्दिन्छु।’
यसपछि थुनुवाका ती आफन्तहरु आप्mनो घर फर्किएका थिए। भोलिपल्ट बिहानै दुई बीस रुपैयाँ लिएर थुनुवाका आफन्त ऋद्धिकान्तका घरमा पुगे। त्यति बेला बिहानको एघार बजिसकेको हुँदो हो। ऋद्धिकान्त फलैंचामा बसेर भागवद्गीता पढ्दै थिए। 

‘लौ, अहिले यत्ति नै भयो हजुर। यो पनि रिन काढेर ल्या’को। हजुरले जसरी पनि मिलाएर आजै निकाली दिनु पर्‍यो। हाम्रा मान्छे सँगै लिएर जान्छौं।’ भन्दै एकजना बूढा किराँतीले दुई बीस रुपैयाँ ऋद्धिकान्तको अघिल्तिर राखिदिए। 

ऋद्धिकान्तले पढ्दै गरेका भागवद्गीताको पुस्तकलाई बन्द गरे अनि त्यो दुई बीस रुपैयाँलाई टपक्क टिपेर आप्mनो कमिजको खल्तीमा घुसारे। अनि केही बेर विचार गरेजस्तो गरेर भने— ‘ल, ठिकै छ। तिमीहरु यहीं बस्नू। म पर चौकी गएर पुलिसँग कुरा मिलाएर आउँछु।’ 

बूढा किराँतीहरु ऋद्धिकान्तको पिंढीमा बसिरहे। करिब एक घण्टापछि ऋद्धिकान्त घरमा फर्किए।

‘ल, मैले कुरा मिलाएको छु। जिम्मा–जमानी पनि मै बसुँला भनेको छु। पुलिसलाई मनाउन धेरै गाह्रो पर्‍यो। ल हिँड सबैजना चौकी। आफ्ना मान्छे अहिले नै लिएर जाऔँ !’—किराँती बूढाहरुले केही सोध्नुभन्दा पहिले नै ऋद्धिकान्तले भने। 

ऋद्धिकान्त फेरि अघि लागे। किराँती बूढाहरु उनको पछिपछि हिँडेर चौकीमा पुगे। ऋद्धिकान्तले अघि नै आएर चौकीका हवल्दारलाई थुनामा राखेको जसवीर किराँतीलाई छोडेर उसको आफन्तको जिम्मा लगाइदिन मनाइसकेका थिए।

‘प्रधान सापले भनेर मात्रै हो। तिम्रा मान्छेलाई यहाँबाट छोड्न मिल्ने त होइन। माथि जिल्लामै पठाउनु पर्ने थियो। तर पनि प्रधान साप्ले भनेको मानेर छोडिदिएको हो। तर फेरि पनि यसरी नै झैं-झगडा गरेर हामीले पक्रिएर ल्याउनु नपरोस् नि !’ —चौकीको प्रमुख भएर काम गरिरहेका पुलिसको हवल्दारले भन्यो।

‘अब यस्तो हुन दिन्नौँ हजुर ! हाम्रो जिम्मा भो !’ —बूढा किराँतीहरु सबैले एकै स्वरमा भने।

यसपछि पुलिसको हवलदारले जसवीर किराँतीलाई बुझिलिएको कागजमा बूढा किराँतीहरुलाई औंठा छाप लाउन लगायो। अनि छेवैमा उभिइरहेको पुलिसको एउटा जवानको अनुहारमा हेर्दै भन्यो— 

‘जा, त्यसलाई बाहिर लिएर आइज।’

‘हस् साप् !’ भन्दै ऊ थुनुवा कोठामा पुग्यो र जसवीर किराँतीलाई लिएर बाहिर निस्कियो।

‘तिमीहरुको मान्छे यही हो नि होइन ?’ —हवलदारले बूढाहरुतिर हेर्दै सोध्यो।

‘हो हजुर !’— सबै बूढाहरुले एउटै स्वरमा भने। 

तीन रात थुनुवा कोठाको चिसो भुइँमा बिताएको जसवीरका आँखा सुनिएका थिए। पुलिसहरुले आफूले खाएर बाँकी रहेको उसिना चामलको भात र मुसुरोको दाल खान दिएका थिए। केरकारको सिलसिलामा उसको गालामा दुई चार लबटा लगाएका थिए।

तीन रात थुनुवा कोठाको चिसो भुइँमा बिताएको जसवीरका आँखा सुनिएका थिए। पुलिसहरुले आफूले खाएर बाँकी रहेको उसिना चामलको भात र मुसुरोको दाल खान दिएका थिए। केरकारको सिलसिलामा उसको गालामा दुई चार लबटा लगाएका थिए। आँखा अघिल्तिर आफ्ना बूढा बा र तल्लो–माथिल्लो घरका बाजेहरुको साथमा ऋद्धिकान्तलाई देखेपछि उसको आँखाबाट त्यसैत्यसै आँशु झरे बरर्र। 

‘अबदेखि आफ्नु सोझो गरेर खानू। ल लिएर जानुस् तपाईहरु आफ्नो मान्छेलाई!’— हवलदारले जसवीर र किराँती बूढाहरुको अनुहारमा पालेपालो हेर्दै भन्यो।

किराँती बूढाहरु जसवीरलाई लिएर आफ्नो गाउँतिर उकालो लागे। ‘ल अहिले म पनि जान्छु’ भन्दै ऋद्धिकान्त पनि आफ्नो घरतिर तेर्सिए।

यसरी ऋद्धिकान्तले मुद्धामामिला मिलाइदिएवापत् सोझासीधा जनताहरुबाट मोटो रकम असुल्न थाले। आखिर गाउँमा पुलिस चौकी आएको चारवर्षमै तीस मुरी धान फल्ने खेत किने। चिटिक्क परेको नयाँ घर बनाए। दोस्रो पटकको पञ्चायतको चुनावमा फेरि प्रधानपञ्चकै चुनाव लडे। यसपटक त झन् अत्यधिक भोट पाएर जिते। बिस्तारै गाउँमा सरकारी विकास निर्माणका कामहरु पनि हुन थाले। गोरेटो, घोडेटो बाटा तथा खाने पानीका योजनाहरु पनि गाउँमा आउन थाले। निर्माण समिति र माथिबाट आउने अनुगमनकर्ताहरुसँगको मिलेमतोमा हरेक योजनाबाट ऋद्धिकान्तले दामासाहीले नगद हात पार्दै आए। चौकीको धन्दा त उनको छँदै थियो। लगातार पच्चीस वर्ष प्रधानपञ्च भए। पञ्चायतको अन्तिम निर्वाचनमा चाहिँ उनी जगवीर किराँतीसँग पराजित भए। 

काफलबोटे गाउँकै माध्यमिक स्कुलबाट सूर्यनाथ एसएलसी पास भएपछि उच्च शिक्षा पढ्नको लागि उसलाई ऋद्धिकान्तले काठमाडौं पठाए। सूर्यनाथ पाटनको सरकारी क्याम्पसमा भर्ना भयो, आईएमा। त्यसबखत क्याम्पसमा ने.वि. सङ्घ, अखिल र राष्ट्रवादी विद्यार्थी मण्डलमा प्रायः विद्यार्थीहरु विभाजित भएका हुन्थे।

त्यसबखत पनि नेवि सङ्घ नेपाली कांग्रेस पार्टीको भातृ सङ्गठन थियो भने अखिल चाहिँ कम्युनिष्ट पार्टी–समूहरुको भातृ सङ्गठन। राष्ट्रवादी विद्यार्थी मण्डल पञ्चायती व्यवस्था समर्थक विद्यार्थीहरुको सङ्गठन थियो। सूर्यनाथ राष्ट्रवादी विद्यार्थी मण्डलमा आबद्ध हुन पुग्यो। छुस्कर र वाकपटु स्वभावको सूर्यनाथ पढाइमा उति सिपालु थिएन। आईए पास गर्न नसकेपछि उसलाई ऋद्धिकान्तले एकजना राष्ट्रिय पञ्चायतको सदस्यलाई हारगुहार गरी राष्ट्रिय अनुसन्धान विभागमा सुराकीको जागिरमा भर्ती गराए। दश कक्षा पढ्दै गरेकी छोरी चन्द्रावतीलाई उनले गैराबेसी गाउँका दयानिधि दाहालसँग बिहे गरिदिए।
+++

२०४६ सालमा देशमा जनताले पञ्चायती व्यवस्था विरोधी ठूलो आन्दोलन गरे। यस आन्दोलनबाट पञ्चायती व्यवस्थाको अन्त्य भएर बहुदलीय व्यवस्थाको पुनःस्थापना भयो। यसपछि काफलबोटे गाउँ रातारात कम्युनिष्टहरुको प्रभावक्षेत्रको रुपमा देखा पर्‍यो। यस गाउँबाट काठमाडौंमा र विराटनगरमा पढ्न गएका प्रायः सबै विद्यार्थीहरु अखिलको सङ्गठनमा आबद्ध भई कम्युनिष्ट भएर फर्किएका थिए। तिनले गुप्त रुपमा गाउँमा कम्युनिष्टको सङ्गठनको विस्तार गरिरहेका थिए। यस्तैमा जगवीर किराँती नेपाली कांग्रेस पार्टीमा प्रवेश गरे। आफ्‍नो प्रतिद्वन्दी किराँती नेपाली कांग्रेस पार्टीमा लागेपछि ऋद्धिकान्त चाहिँ पूर्वपञ्चहरुको पार्टीमा लागे। 

२०४८ सालको संसदीय चुनावमा माझ किराँतक्षेत्रबाट नेपाली कांग्रेसको उम्मेदवारले जिते र पूर्वपञ्चहरुको पार्टीको उम्मेदवारका जमानत पनि फिर्ता भएन। एमाले पार्टी दोस्रो भयो भने संयुक्त जनमोर्चा तेस्रो भयो। यसपछि २०४९ सालमा भएको स्थानीय तहको चुनावताका सूर्यनाथ चाहिँ एमाले पार्टीमा लाग्यो। उमेर ढल्किसकेका ऋद्धिकान्तले दुई भाइ छोरालाई अंशबण्डा गरिदिए र आफू कान्छा छोरासँग पुरानै घरमा बसे। सूर्यनाथ यो घरभन्दा चार पाटो मुन्तिर नयाँ घर बनाएर बस्यो।  

देशमा माओवादी जनयुद्ध सुरु भयो। माओवादी पार्टीका (नेता, कार्यकर्ता र छापामार) मान्छेहरुलाई सूर्यनाथ ‘जङ्गली’ भनेर दुत्काथ्र्यो। उसले यसरी दुत्कार्नुको कारण अरु केही थिएन। माओवादी पार्टीले त्यसबखत लागुपदार्थ, जाँडरक्सी खाएर होहल्ला गर्ने, दोस्रो बिहे गरेर महिलाप्रति अर्घेलो गर्ने, जुवातास खेल्ने, सुदखोर तथा सुराकीलाई कारवाही गरी पीडित पक्षलाई न्याय दिलाउँदै आएको थियो। 

फागुनको महिना थियो। रातको समय। माओवादी छापामारहरुको एक दस्ता सूर्यनाथको घरमा पुग्यो। उनीहरुले घरलाई चारैतिरबाट घेरा कसे। त्यसपछि एक जना छापामारले ढोकामा टकटक हिर्काउँदै विस्तारै बोलाए— ‘सूर्यनाथजी! ए सूर्यनाथजी!!’

सूर्यनाथ र सरस्वती एउटै ओछ्यानमा सुतिरहेका थिए। मध्यरातमा यसरी घरमा आउने पक्कै पनि माओवादीहरु नै हुन् भन्ने विश्वासले दुवैजना डरले लुगलुगी काँपे। दुवैका ओठतालु सुके।

‘खुरुक्क उठेर ढोका खोल्नु हुन्छ कि, हामी आफै‌ं ढोका खोलेर भित्र पसुम्?’— छापामारका कमाण्डरले अलि चर्को स्वरले बोले।
‘हजुरहरु को होला, उहाँ त हुनुहुन्न!’ —सरस्वतीले लरबरिएको स्वरले भनिन्।

‘हामी माओवादीका छापामार हौँ। हामीले तपाईको घरलाई चारैतिरबाट घेरा हालेका छौं। खुरुक्क ढोका खोलेर सूर्यनाथलाई लिएर आँगनमा आउनु होला। हामी आफै‌ं भित्र पस्नुपर्‍यो भने झन् धेरै नराम्रो होला नि। विचार गर्नुस्!’— यसपटक पनि छापामारको कमाण्डरले नै बोले। 

केही समयपछि सरस्वतीले झ्याल खोलिन् र आफ्ना आँखालाई आँगनतिर सोझ्याइन्। जूनेली रात। टहटह जूनको उज्यालोमा उनले काँधमा भरुवा बन्दुक बोकेका र हातमा लाठी र कम्मरमा खुकुरी भिरेका करिब एक दर्जन छापामारलाई देखिन्। उनको हंशले ठाउँ छोड्ला जस्तो भयो।

केही समयपछि सरस्वतीले झ्याल खोलिन् र आफ्ना आँखालाई आँगनतिर सोझ्याइन्। जूनेली रात। टहटह जूनको उज्यालोमा उनले काँधमा भरुवा बन्दुक बोकेका र हातमा लाठी र कम्मरमा खुकुरी भिरेका करिब एक दर्जन छापामारलाई देखिन्। उनको हंशले ठाउँ छोड्ला जस्तो भयो। उनले सूर्यनाथको कानमा सुटुक्क भनिन्— ‘छोरीका बाबा, आँगनभरि छन्। चाला निको छैन। अब के गर्ने?’

सूर्यनाथको मानसपटलमा अनायास राष्ट्रिय अनुसन्धान विभागमा सुराकीको जागिरमा रहँदा गरेका कुकृत्यहरु, निर्मला र विनयको यादहरु सिनेमाको रिलझैं घुम्न आए। करिब दुई वर्षपहिले निर्मलासँग भएको भेट र त्यस भेटमा निर्मलाले भनेकी कुरा सम्झेर ऊ लल्याकलुलुक भयो। उसको ओठतालु सुक्यो। निधारमा चिट्चिट् पसिना उम्रियो।

‘भन्नु न के, अब के गर्ने? ढोकै फुटाएर यही आए भने के गर्ने?’ —सरस्वतीले फेरि पनि झकभकाउँदै भनिन्।

‘म यतै कतै लुक्छु। तिमी तल गएर ढोका खोलिदेऊ। मलाई सोधे भने घरमै आ’छैन भन्नू!’— सूर्यनाथले दविएको स्वरमा भन्यो। 

यसपछि सरस्वती विस्तारै तल ओर्लिन् र ढोका खोलिन् र लुगलुगी काँप्दै पिंढीमा निस्किन्।

‘खोइ त तपाईंको श्रीमान् सूर्यनाथ? हामीले उहाँलाई भेट्नु छ!’— कमाण्डरले सरस्वतीको अनुहारमा हेर्दै सोध्यो।

‘उहाँ त घरमै आउनुभा’ छैन। म र छोराछोरी मात्रै घरमा बस्छौं अचेल।’— सरस्वतीले लरबरिंदो स्वरमा भनिन्।

‘कमरेड लाल, बारुद, सागर, चट्याङ र अभिषेक पाँच जना घरभित्र गएर खोजतलास गर्नुस् र समातेर यहाँ आँगनमा ल्याउनुस्!’— कमाण्डलरले फेरि आदेश गरे।  बतासको वेगमा पाँचजना छापामारहरु हातमा नाङ्गो खुकुरी र कटुवा पेस्तोल लिएर घरभित्र पसे।

‘कमरेड लाल, बारुद, सागर, चट्याङ र अभिषेक पाँच जना घरभित्र गएर खोजतलास गर्नुस् र समातेर यहाँ आँगनमा ल्याउनुस्!’— कमाण्डलरले फेरि आदेश गरे। 
बतासको वेगमा पाँचजना छापामारहरु हातमा नाङ्गो खुकुरी र कटुवा पेस्तोल लिएर घरभित्र पसे। तीन जना महिला छापामारहरुले सरस्वतीलाई नियन्त्रणमा लिए र चुक्क नबोल्न आदेश गरे। घरभित्र पसेका छापामारहरुले भुइँतला हुँदै बुइँगलसम्म खोजतलास गरे। आखिर बुइँगलमा निगालो बाँसको दुईवटा भकारीका पछिल्तिर लुकिरहेको सूर्यनाथलाई छापामारहरुले फेला पारे। उनीहरुले नबोल्न र हल्ला नगर्न आदेश जारी गरे। सूर्यनाथले हात जोड्दै भन्यो— ‘हजुर, मेरो कुनै गल्ती छैन। म निरपराध छु। मलाई केही नगर्नुस्।’ 

‘ल, खुरुक्क हिँड तल आँगनमा। गल्ती छ कि छैन, हिसाब किताब त्यहीं हुन्छ।’— अभिषेकले सूर्यनाथको कठालोमा समाउँदै भन्यो।

‘जान्छु हजुर...! मलाई केही नगर्नुस्...!’ —सूर्यनाथले काँपेको स्वरमा भन्यो।
छापामारहरुले सूर्यनाथलाई आँगनमा उतारे। 

‘सूर्यनाथ नेपाल भनेको तपाई हो नि, हैन त?’ —कमाण्डरले बयान लिन सुरु गरे।

‘हो, मै हुँ हजुर!’ —सूर्यनाथले विस्तारै भने।

‘तपाई कुनै बेला काठमाडौंमा राष्ट्रिय अनुसन्धान विभागमा सुराकीको काम गर्नु हुन्थ्यो हैन?’

‘हो हजुर !’

‘तपाइँले काठमाडौंकी निर्मला नाम गरेकी केटीलाई मायाजालमा पारेर पेट बोकाएको हो कि होइन?’ 

‘मैले होइन हजुर। ऊ त्यस्तै केटी थिई। बरु मैले उसको उद्धार गरेको हुँ।’

‘उद्धार गरिदिएको कि श्रीमती बनाएर राखेको?’

‘ऊ मेरी श्रीमती होइन हजुर।’

‘अनि श्रीमती नभएको भए सात–सात वर्षसम्म किन सँगै बसेको त पाटनमा?’

‘उसलाई परेको अप्ठ्यारोमा सहयोग मात्रै गरेको हुँ हजुर।’

‘अनि त्यो निर्मलाको साथमा भएको १२ वर्षको छोरा कस्को हो नि?’

‘खोइ थाहा छैन हजुर, मेरो होइन!’

‘सबै कुरा झुटो बोल्दो रैछ, यसलाई लिएर जाऔं।’— कमाण्डलरले  आदेश गरे। 

दुई जना छापामारले सूर्यनाथको कठालोमा समातेर घिच्चयाए। 

‘मेरो श्रीमानलाई नलैजानुस् हजुर, उहाँको केही बिराम छैन।’ —सरस्वतीको मुखबाट चट्याङ परेझैं, आवाज निस्कियो।

‘चुप लाग्नुस्। श्रीमान्को ज्यानको आशा भए चुपचाप भित्र गएर सुत्नुस्। तपाईंको श्रीमान भोलि आउनु हुन्छ घर। हल्ला गर्नुभयो भने श्रीमानको सास होइन, लास चाहिँ देख्न पाउनुहुन्छ भोलि।’— एक जना महिला छापामारले भनिन्।

श्रीमानको ज्यानको आशाले सरस्वती चुपचाप घरभित्र पसिन्। छापामारहरु सूर्यनाथलाई लिएर अँधेरी वनतिर हिँडे। बीचवनमा पुर्‍याएर छापामारहरुले सूर्यनाथलाई रामधुलाई गरे। आखिर सूर्यनाथ निर्मलालाई आफ्‍नो श्रीमती स्वीकार गर्न तयार भयो र भन्यो— ‘एक हप्ताभित्र काठमाडौं गएर घरमा ल्याउँछु।’ 

यसपछि उसलाई छापामारहरुले मूलबाटोसम्म पुर्‍याएर छोडिदिए। बिहानीपख सूर्यनाथ थिलोबिलो शरीर लिएर आफ्नो घर पुग्यो। 

खासमा भएको कुरा के थियो भने राष्ट्रिय अनुसन्धान विभागमा जागिर खान थालेपछि सूर्यनाथले काठमाडौंकै काँठतिरकी एक जना जैसी बाहुनकी छोरी निर्मलासँग लसपस गरेको थियो। यसकै प्रतिफल उसले सूर्यनाथकै पेट बोकेर एउटा छोरो जन्माएकी थिई। गुप्त रुपमा पाटन बजारको भित्री गल्लीको एउटा पुरानो घरमा डेरा लिएर उसले निर्मलालाई राखेको थियो। यता घरमा चाहिँ उसले यो कुराको सुइँको कसैलाई पनि दिएको थिएन। बरु उसले कुमार केटोको रुपमा परम्पराअनुसार अमिलबोटे गाउँकै रिजाल बाहुनकी छोरी सरस्वतीसँग बिहे गरेको थियो। राष्ट्रिय अनुसन्धान विभागको जागिर छोडेर हिँडेपछि सूर्यनाथले निर्मलाको निम्ति आवश्यक खर्च जुटाउन र पठाउन सकेको थिएन। आफू र छोराको पेट पाल्नको निम्ति निर्मला पाटनकै एउटा गार्मेन्ट उद्योगमा काम गर्न थालेकी थिई। 

बेलामौकामा सूर्यनाथ भेट्न आउँदा आफूलाई घर लैजान आग्रह गर्दै आएकी भए पनि उसले लगेकोे थिएन। उता धुमधामसँग बिहे गरेर भित्र्याएकी सरस्वतीले एउटी छोरी र एउटा छोरा पाइसकेकी थिई। 

‘तपाईंले ममाथि ज्यादै ठूलो अत्याचार गर्नुभयो। मलाई तुरुन्त घरमा लगेर राख्नु हुन्छ कि, अर्कै विकल्प खोजूँ?’— एक दिनको भेटमा निर्मलाले सूर्यनाथलाई भनेकी थिई। 

यसपछि सूर्यनाथ निर्मलालाई चटक्कै छोडेर बेपत्ताजस्तै भएको थियो। एक वर्षसम्म सूर्यनाथ आपूmलाई भेट्न नआएपछि निर्मलाले सूर्यनाथको बारेमा माओवादी पार्टीमा उजुरी हालेकी थिई। यही उजुरी बोकेर माओवादी छापामारहरु सूर्यनाथको घर–ठेगानामा पुगेका थिए।
+++

एक महिना बित्यो। सूर्यनाथले काठमाडौं गएर निर्मला र छोरालाई आप्mनो घरमा लिएर आएन। बरु ऊ जिल्ला सदरमुकातिर गएर बस्न थाल्यो।

एक दिन निर्मला माओवादी पार्टीकै सहयोगमा छोरा लिएर सूर्यनाथको आँगनमा पुगी। माओवादी पार्टीका छापामारहरुले वरपरका गाउँले साक्षी राखेर निर्मलालाई सूर्यनाथको घरमा भित्र्याइदिए। त्यसबखत सूर्यनाथ घरमा थिएन। घरमा नभए पनि उनीहरुले सूर्यनाथको कर्तुतबारे सरस्वतीलाई जानकारी गराए। सरस्वती छाँगाबाट अनायासै खसेजस्ती भइन्। 

अर्को दिन सूर्यनाथ घरमा आइपुग्यो र उसले निर्मलालाई र आफ्नै छोरा विनयलाई चिन्दिन भन्यो। नजिकैको पुलिस चौकीमा गएर आप्mनो घरमा माओवादी आएको भन्दै पक्राउ गर्न भन्यो। पुलिसहरु आएर निर्मला र विनयलाई चौकीमा लिएर गए। गाउँमा हल्लीखल्ली मच्चियो।

निर्मलाका आमाछोरा चौकीबाट छुटे। पुलिसहरुले थुनिराख्नुपर्ने आवश्यकता महसुस गरेनन्। यसपछि निर्मला छोरो विनयलाई लिएर काठमाडौंतिरै फर्की। सूर्यनाथले काफलबोटे गाउँमा आप्mनै नेतृत्वमा ‘माओवादी प्रतिकार समिति’ बनायो। माओवादीविरुद्ध सुराकी गर्न थाल्यो।

प्रकाशित मिति: शनिबार, असोज १६, २०७८  ०९:३८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी
नेपाल लाइभ समाचार, असार 23 #live
सम्बन्धित सामग्री
आख्यानकार विजय हितानको कृतिलाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार शुक्रबार काठमाडौँमा आयोजित एक समारोहमा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति , प्रसिद्ध कवि वैरागी काइँलाले सो पुरस्कार कृतिकार वि... शनिबार, जेठ २४, २०८२
जीवनकुमार प्रसाईंको पाँचौँ पुस्तक ‘कस्तो छ तिमीलाई’ प्रकाशित लोकार्पण कार्यक्रममा लेखक प्रसाईंले आफ्नो १० वर्षे लेखन यात्राको अनुभव पनि सुनाए । १० वर्ष पहिले नेपालयबाटै प्रकाशन भएको उनको ‘जीवन... सोमबार, वैशाख २९, २०८२
नादसँग झङ्कृत हुँदा यस खण्ड अन्तर्गत रहेर शायरले शेरको वर्षा गराउनु भएको देखिन्छ।’अभ्यासले नै अभ्यस्त हुने हो’ भन्ने कुरा यस खण्डमा देख्न सकिन्छ। शनिबार, वैशाख २७, २०८२
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्