काठमाडौं- दशैं भित्रिएसँगै खसी, बोका जोहो गर्नेको संख्या ह्वात्तै बढेको छ। यतिबेला राजधानीको खसीबजारमा खसी किन्नेको भीड देख्न सकिन्छ।
दशैंमा हिन्दू धर्मावलम्बीहरुले मठमन्दिरमा खसी, बोका बलि दिने तथा घर-घरमै काट्ने गर्दछन्। त्यसैले यो बेला खसी, बोकाको माग बढी हुने गर्दछ।
सरकारी निकाय खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैंका लागि खसी बोका ल्याएर सहुलियत दरमा बिक्री गर्दै आएको छ। यो वर्ष उक्त कम्पनीले खसी, बोकाको मूल्य प्रतिकिलो ६ सय ४० रुपैयाँ तोकेको छ। यसबाहेक निजी क्षेत्रबाट पनि खसी, बोका बिक्रीका लागि भित्र्याइन्छ।
हेरौं, शनिबार राजधानीको खसीबजारमा देखिएका दृश्यहरु:


















नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।