काठमाडौं – नेपाल सुपर लिग (एनएसएल) फुटबलको पहिलो क्वालिफायर खेलमा शनिबार साविक विजेता ललितपुर सिटी एफसी र साविक उपविजेता धनगढी एफसीबीच प्रतिस्पर्धा हुँदैछ ।
यी दुई टोलीबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगाशालामा साँझ ६ बजे शुरु हुनेछ । यो खेलमा जित निकाल्ने टोलीले फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टोलीले दोस्रो क्वालिफायर खेल्नुपर्नेछ ।
एनएसएलमा भोलि हुने एलिमिनेटर खेलमा एफसी चितवन र फोखरा थण्डर्सबीच प्रतिस्पर्धा हुनेछ । यो खेलको विजेताले क्वालिफायर २ मा स्थान बनाउनेछ । फाइनल खेल आगामी शनिबार हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।