• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
शनिबार विशेष
संस्मरण क. पुष्पलाल ! धमिराको गोलामा आगो लाग्यो
64x64
रेशम विरही शनिबार, मंसिर ४, २०७८  १०:२४
1140x725

म र भीमबहादुर भण्डारी प्लेटफर्ममा उत्रियौँ। प्लेटफर्मबाट बाहिर निस्कँदा घाम डुब्न लागेको थियो। हामीलाई दर्वेमान नेपालीको घर पुग्नु पर्ने थियो। रिक्साको खोजीमा लाग्दै थियौँ। अचानक नन्दमोहन भट्टराइ भेटिनु भयो।

२०२८ फागुन/चैततिर नेपाल कम्युनिष्ट पार्टी केन्द्रको निर्देशनमा भीमबहादुर र म बनारस जानुपर्ने भयो। कलेज अफ एजुकेशन वीरगंजको विद्यार्थी संगठनको मुखपत्र ‘उकालो’ को सम्पादन गर्नुपर्ने मेरो मुख्य जिम्मेवारी थियो। हतारमै काम सकेर बनारस हिँड्ने तयारीमा लागेको थिएँ। अचानक छापिँदै गरेको पत्रिकाको सामग्री लिएर अञ्चलाधीश कार्यालय जानु पर्ने उर्दी कलेज प्रिन्सिपल ओमप्रकाशलाल गुप्ताले सुनाए।

लगभग थाहा थियो, या गिरफ्तारीमा परिन्छ या त केही सामग्री हटाउनु पर्ने हुन्छ। साथीहरुसँग परामर्श लिएँ। सबको एक मोतो भयो, भटाभट छाप्ने र वितरण गरिहाल्ने। कलेज प्रिन्सिपलको उर्दी थाहा नदिई प्रेसवालालाई दबाब दिएर रातभरिमा सम्पूर्ण काम सकियो। बिहानपख हामी रक्सौल पुगेर रेल चढ्यौँ। पत्रिका वितरणको काम साथीहरूबाट भयो।

रेशम विरही

बनारसबाट फर्किए पछि म यही आरोपमा कलेजबाट निष्कासन गरिएँ। वारेन्टेड पनि भएको सुइँको पाएँ। अनि प्रेमसिंह धामीले साइकलमा राखेर रातारात रक्सौल पुर्‍याइदिए। यसरी म दोस्रोपटक बनारसतिर हानिनु परेको थियो।

म पहिलो पटक बनारस जाँदाखेरी नै कलेज प्रशासन र अञ्चलाधीश कार्यालयको आँखाको तारो भैसकेको थिएँ।

पहिलो बनारस यात्रामा हामीलाई नन्दमोहनले गन्तव्यमा पुर्‍याउनु भएको थियो। अखिल भारत नेपाली छात्र फेडेरेसनको सम्मेलन भएको कारण पार्टी केन्द्रले बोलाएको थियो। पार्टी महाचाचिव कामरेड पुष्पलालसँग राजनीतिक विमर्श पनि गर्नु थियो। पार्टीलाई ‘कांग्रेसपरस्त’को आरोपमा मोहनविक्रम समूहले गरेको प्रहारले सर्वत्रबाट घेराबन्दी गर्दै एक्ल्याउने प्रयत्न भैरहेको थियो। पुष्पलालविरुद्ध भएभरका कम्युनिस्ट घटकहरु एक थिए।

यस्तो विषम अवस्थामा पार्टी केन्द्रसँग विचार विनिमयको जरुरी महसूस भइरहेको अवस्थामा सम्मेलन आयोजना हुँदा मेरो लागि छलफलको संयोग जुराएको थियो। अर्कोतिर जिल्लाको कमाण्ड समालिरहेका रुपलाल विश्वकर्मा र नारायणमान विजुक्छेको पनि पुष्पलालसँग अन्तरविरोध बढिरहेको विषय वीरगंज चिनी कारखान मजदुर फ्याक्सनको बैठकमा उठेको थियो। आफू इन्चार्ज भएकोले मैले नै जवाफ दिनुपर्ने थियो। तर, विस्तृत जानकार नभएकोले म नाजवाफ भएको थिएँ। त्यैपनि मैले पाएको संकेतका भरमा थामथुम पारेर फर्किएको थिएँ।

यस्ता ज्वलन्त कारणहरुले गर्दा मलाइ बनारसले तानिरहेको थियो। तर, पुष्पलाल दरभंगा नै आउने कार्यक्रम भएकोले हामी त्यहीँ उत्रनु परेको थियो।

झमक्क साँझमा दरभङ्गा झिलिमिली हुँदा हामी दर्वेमानको दैलोमा पुग्यौँ। पुष्पलाल त्यहीँ भेटिनु भयो। हात मिलाएर सामान्य भलाकुसरी पछि उहाँ बाहिर निस्कनु भयो। हामी आफूलाई तोकिएको ठाँउमा बस्यौँ। 

रुपलालसँग पनि त्यहीँ भेट भयो। उहाँसँग कुराकानीका क्रममा निर्मल लामा वा कोही अर्का नेता (व्यक्ति सम्झना भएन) दरभंगा आएको र  पुष्पलाल भेट्न जानुभएको थाहा भयो। त्यो रात त्यसै बित्यो।

पुष्पलाल राति अबेर आउनु भएछ। भोलिपल्ट बिहान अचानक उहाँलाई दिल्ली हिँड्नु पर्ने भयो, हाम्रो कुराकानी हुन पाएन। बनारसमै सम्मेलनपछि विस्तृत कुराकानी गर्ने सहमति भयो।  हामी रुपलालसँगै बनारसतिरै लाग्यौँ। 

रेल यात्राभरि रुपलालका मेरो मन झनै उद्विग्न बनाइरहेको थियो। मैले पार्टीमा उनको असन्तुष्टि र विजुक्छेले अर्कै संगठनको तयारीको संकेत पाएँ। रुग्ण हुँदै गएको पार्टी, पारवारिक दबाब र कलेजमा जान सक्ने अवस्था नहुँदा अन्योलमा परेको पढाइले मन विचलित हुन थालेको थियो। त्यसमाथि वामपन्थीहरुबाटै ‘कांग्रेसको पुच्छर’ भनेर खेदिनुको पीडाले मलाई झनै विचलनको दिशातर्फ धकेल्दै लग्यो। तथापि, पुष्पलालसँग एक चरण दह्रो कुरा गरेर भावी दिशा तय गर्ने मनसायले भीमबहादुर र म सम्हालिएर बनारस पुगेका थियौँ।

अखिल भारत नेपाली छात्र फेडरेशनको सम्मेलन भव्यताका साथ सम्पन्न भयो। शिव बर्मा, श्रीपाद अमृत डाँगे आदि भारतीय कम्युनिस्ट नेता र नेपालबाट मोदनाथ प्रश्रित लगायतको उपस्थितिमा सम्मेलन भएको थियो।

तीन या चार दिनमा सम्मेलन सकियो। त्यसको भोलिपल्ट दिउँसो पुष्पलालसँग कुराकानीको जोहो मिल्यो। रुपलाल, नन्दमोहन, हिक्मत सिंह, केशरमणि पोखरेल, मोहन चापागाईं, बलराम शर्मा आदि सबै थिए। मैले चितवनमा पुष्पलालमाथि लागेका आरोपहरुको जानेबुझेसम्मको जानकारी गराउँदै धेरै नै जिज्ञासा राखेँ। लामो कुराकानीपछि अन्त्यमा उहाँले भन्नु भयो–‘राजतन्त्र र कांग्रेसप्रतिको गलत दृष्टिकोणले भ्रमहरू पैदा भएका छन्, हाम्रो मूलशत्रु राजतन्त्र नै हो। कालान्तरमा हुने प्रजातान्त्रिक एकताले नै हाम्रो उद्देश्य सम्भव बनाउँछ। राजतन्त्र धमिराको गोलो हो, एकलातले गर्ल्यामगुर्लुम्म ढल्छ।’

उहाँको कुराले मानसिक उर्जा त थपियो, तर भरोसा गर्ने जग भने कमजोर नै लाग्यो। यस्तै अन्योल र द्विविधा बोकेर हामी घर फर्कियौँ।

म घर आएपछि करिब एक महिना चुपचाप बसेँ। केही कविता लेखेँ।

यसैबीच मेरो मनमा एउटा बिम्बले चिमट्यो। धमिराको गोलोलाइ बिम्ब बनाएर कविता लेखेँ–‘धमिराको गोलोमा आगो लाग्यो।’ अहिले त्यो कविताको स्तर हेर्दा आफैँलाई हाँसो लाग्छ।

भरखर जुँगाको रेखी बसेको युवाको कविता लेख्ने काँचो शौख। न अध्ययन, न स्रोत सामग्री, न साधना। तर, कविता लेख्ने रहर भने औधी थियो।

त्यतिबेला अध्ययनको सामग्री नै के पाइन्थ्यो र! पाए नै पनि चेतनाको स्तर नउठेको त्यो कालखन्डमा मसँग माओका केही ‘राता बुलेटिन’ र पूर्वतिरबाट आउने ‘जस्केलो’ मात्र थिए। एउटा अल्लारे वयको केटालाई कुन ठीक कुन बेठीक त्यसको हेक्का पनि हुँदैनथ्यो। त्यति बेला सुवास घिसिङको ‘नीलोचोली’ र दीर्घवाहुका जासुसी उपन्यास पनि निकै पढियो।

यस्तै खाले अध्ययनको क्रममा २०३५ सालमा केही कविताहरु राखेर एउटा कवितासंग्रह प्रकाशन गर्ने रहर चल्यो। रहर लागेपछि मरिमेटेर लागेँ। अनि जन्मियो ‘मुलाको बोक्रा आलीमुनिको झ्याउँकीरी’ कविता संग्रह। ‘धमिराको गोलोमा आगो लाग्यो’ कविता पनि यसैमा समावेश गरेँ। त्यो कविताले तत्कालीन परिवेशमा अचम्मसँगले प्रशंसा पायो।

चितवनका वाम नेता नरबहादुर खाँडलगायतकाले धाप मारेर स्याबासी दिए। मेरो राजनीतिक संलग्नता भने उनीहरुसँग थिएन। मैले पुष्पलालको अभिव्यक्तिलाइ टिपेर कल्पेको बिम्वबाट कविता लेखेको उनीहरुलाई भनेको पनि थिइनँ। भनेको भए सायद त्यति प्रशंसा पाउँदिन थिएँ। किनकि, उहाँहरु मोहनविक्रम सिंहको ‘गद्दार पुष्पलाल’ पुस्तिकालाई सिरानी च्यापेर सुत्नु हुन्थ्यो।

काव्यिकस्तरका दृष्टिले कविताको खास मूल्य नभए पनि राजनीतिक अर्थका हिसाबले मैले त्यस कविताबाट असन्तुष्टि राख्नु पर्ने जरुरी ठान्दिनँ। आखिर २०२८ सालका हतियारधारी हुन् वा २०५२ का सशस्त्र विद्रोही, सबैले राजाभन्दा ठूलो शत्रु ठानिएको शक्तिसँग लगनगाँठो जोडे। दरबार भने धमिराको गोलोजस्तो भयो र गर्ल्यामगुर्लुम्मै ढल्यो।

‘हेर! भित्रभित्रै हुडुलो मच्चिएको
त्यो धमिराको गोलोभित्र
गोलो नै भत्कन थाल्यो
काटाकाट पो गर्न थाले
बन्दुक पनि पड्कन थाल्यो
त्यो धमिराको गोलोभित्र।’

(मुलाको बोक्रा आलीमुनिको झ्याउँकिरीबाट)

प्रकाशित मिति: शनिबार, मंसिर ४, २०७८  १०:२४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
रेशम विरही
लेखकबाट थप
माघ महात्म्य
मलाई मृत्युशय्याबाट उठायो र आफू एक्लै दगुर्‍यो
हल्दार्नी आमाका प्रश्नसँग म हारेँ
सम्बन्धित सामग्री
भानुभक्त आचार्य र उनको मुद्दा : यथार्थ एकातिर, लेखाइ अर्कातिर तर, उनको कारावासको कारणबारेमा भने कानूनकै आदर्शमा धक्का लाग्ने गरी मिथकहरू रचिएका छन्। लेखिएको मात्र कहाँ हो र? मिथकलाई नै मलजल गरेर... शनिबार, साउन ७, २०७९
‘जेल जर्नल’मा बीपीले अन्तर्राष्ट्रिय शक्तिबाट पाएको धोका लेखेका छन् सेन्टर फर साउथ एसियन स्टडिजका निर्देशक डा. निश्चलनाथ पाण्डे भू–राजनीति र कूटनीतिक मामिलाका ज्ञाता हुन्। उनी परराष्ट्र मामिला र भू–रा... शनिबार, असार ३२, २०७९
लेग स्पिनका रोलमोडल: जसले भारत र अष्ट्रेलियाबाट क्रिकेट खेल्ने प्रस्ताव अस्वीकार गरे मोरङमा जन्मिएका राजकुमार सानैदेखि खेलकुदप्रेमी थिए। उनी कराँते र फुटबलमा मात्रै होइन वेट लिफ्टिङमा पनि उत्तिकै अब्बल थिए। प्रशिक्षकह... शनिबार, असार २५, २०७९
ताजा समाचारसबै
शाहीको प्रश्न : जीबी राई कहाँ छन् ? गृहमन्त्री कुन दुलोमा लुकेर बस्नु भएको छ ? मंगलबार, असार २४, २०८२
रसुवा बाढी अपडेट: ५० जनाको उद्धार मंगलबार, असार २४, २०८२
रास्वपाले बहिस्कार गर्‍यो प्रतिनिधिसभा बैठक मंगलबार, असार २४, २०८२
रसुवा बाढीका कारण चार हाइड्रोपावरमा क्षति, २५० मेगावाट उत्पादन प्रभावित मंगलबार, असार २४, २०८२
प्रधानन्यायाधीशद्वारा तीन न्यायाधीशलाई शपथ मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
रसुवामा बाढी‍ : १८ जना सम्पर्कविहीन, ९ जनाको उद्धार मंगलबार, असार २४, २०८२
हिमताल फुटेर रसुवामा बाढी आएको आशंका मंगलबार, असार २४, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्