• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
यी हुन् बार आन्दोलनको अग्रभागमा रहने जोशिला तीन वृद्ध
64x64
धनु विश्वकर्मा बिहीबार, मंसिर ९, २०७८  ०६:५०
1140x725

काठमाडौं- वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी उमेरले ९५ वर्ष पुगिसकेका छन्। अहिले पनि उनी वकालत गर्न अदालत पुग्छन्। पछिल्लो समय एक महिनादेखि उनी निरन्तर सर्वोच्च अदालत धाइरहेका छन्। तर, यसपटक बहसका लागि सर्वोच्च गएका होइनन्।

नेपाल बार एसोसिएसनले प्रधानन्यायाधीशको राजीनामा माग गर्दै निरन्तर विरोधका कार्यक्रम गरिरहेको छ। हरेक दिन बिहान १० बजे कानुन व्यवसायीहरू पाखुरीमा कालो पट्टी बाँधेर १२ बजेसम्म धर्ना बस्छन्। त्यही धर्नामा भेटिन्छन् भण्डारी।

भण्डारीजस्तै तीन जना बयोवृद्ध कानुन व्यवसायी अहिले वकिलहरुको आन्दोलनको अग्रभागमा देखिने गरेका छन्। वरिष्ठ अधिवक्ता तथा पूर्वसभामुख दमननाथ ढुंगाना (८०) र अधिवक्ता कमल कोइराला (८५) पनि बारको आन्दोलनको अग्रभागमा छन्। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई सर्वोच्च अदालत प्रवेशबाट रोक्न उनीहरु मूलद्वारमा धर्ना दिने गर्छन्। तर, प्रधानन्यायाधीश राणा भने वैकल्पिक ढोकाबाट सर्वोच्च प्रवेश गरिरहेका छन्। 

न्यायालय सुधारको माग गर्दै बारले गएको कात्तिक ८ देखि आन्दोलन थालेको थियो। गएको मंगलबार पनि धर्नामा बसेका ‘वृद्ध वकिल’हरू अन्य कानुन व्यवसायीबाट घेरिएका थिए। आन्दोलन सकेर निस्कँदै गर्दा कमल कोइरालालाई हिँड्न सकस भइरहेको थियो। तर, जोश भने उस्तै थियो। उनले भने, ‘म बार एसोसिएसनको सदस्य हुँ। भ्रष्टाचार विरोधी आन्दोलन बारको देशभरका ९० वटा शाखामा चलिरहेको छ। अब न्यायालय स्वच्छ हुनुपर्छ। त्यसैले म आन्दोलनमा आइरहेको छु।

सर्वोच्चको विकृतिविरुद्ध आन्दोलन भइरहँदा दलहरु मौन बसेकोप्रति उनी असन्तुष्ट छन्। ‘निर्वाचन प्रणाली एकदम खर्चिलो छ, निर्वाचनको लागि पैसा अति जरुरी हुन्छ। त्यस्तो पैसा बिचौलिया र अपराधीले दिन्छन्। त्यसैले राजनितिक दल अहिले चुपचाप छन्।’

दलका नेताहरूजस्तो उनी टुलुटुलु हेरेर बस्न सकेनन्। कुनै समय राजनीति र पत्रकारितामा सक्रिय कोइराला वृद्ध अवस्थामा पनि कालो कोट लगाएर निस्किए। अनि बेथितिविरोधी आन्दोलनको अग्रभागमा बस्न थाले।

उनीसँग भेटिन्छन् कृष्णप्रसाद भण्डारी। दिउँसो १२ बजे धर्ना सकिएपछि उनी पनि बसिरहेको ठाउँबाट उठ्छन्। लट्ठी टेक्दै सर्वोच्च परिसरबाट निस्कन लाग्दा एकछिन् वकिलहरुबाट घेरिन्छन्। उनलाई ‘गुरूदेव’ भन्दै कतिपयले त ढोग नै गरिदिन्छन्। 

मंगलबार धर्ना कार्यक्रम सकिएपछि उनी नजिकैको बेञ्चमा बसेर केही बेर सुस्ताए। कालो कोट लगाएका उनले पाखुरामा कालो पट्टी बाँधेकै थिए। छातिमा ‘बिचौलियालाई कारबाही गर’ लेखिएको पर्चा थियो। बेञ्चमा बसेरै उनले केहीबेर कुराकानी गरे।

अहिले नेपाल बार एसोसिएसनले राम्रो काम गरिरहेको उनी बताउँछन्। ‘प्रधानन्यायाधीशको कर्तुत र भ्रष्टचार मिडियाहरुमा आइसकेको छ। न्यायालयमा व्यापक भ्रष्टाचार छ। अहिले त्यसविरुद्ध बोल्नु आवश्यक छ। अहिले नबोले कहिले बोल्ने त?’, उनले भने। प्रधानन्यायाधीशले राजीनामा नदिएसम्म आन्दोलन जारी राख्नु पर्ने उनको भनाइ छ।

भण्डारी २००७ सालको क्रान्तिमा पनि सहभागी थिए। न्यायको पक्षमा आफू सधैँ लागिरहेको उनी बताउँछन्। नेपालमा पहिलो प्रधानन्यायाधीश हरिप्रसाद प्रधानदेखि नै आफू यो क्षेत्रमा रहेको उनले बताए। ‘हरि प्रसाददेखि मिश्रजी (ओमप्रकाश) को पालासम्म सबै प्रधानन्यायधीश अति राम्रा हुन्। वकिल पनि राम्रा हुन्। सबै विद्वान थिए। त्यहाँभन्दा यता आएर न्यायलय बिग्रको छ।’

न्यायालय अहिले विचौलियाको कब्जामा गएको भण्डारी बताउँछन्। राजनीतिक दल र विचौलियाले अदालतमा चलखेल गर्ने गरेको उनले आरोप लगाए। यो अवस्थाबाट अदालतलाई मुक्त गर्न आफू पनि आन्दोलनमा आएको उनको भनाइ छ। ‘देश र जनताका लागी भनेर दिनहुँ लडिराखेका छौँ। राजनीतिक दलका व्यक्ति नै विचौलियाको प्रतिनिधि भएपछि समस्या भएको छ,’ उनी भन्छन्, ‘तर, करिब ९० प्रतिशत हाम्रो विजय भैसकेको छ। बारले गरेको आन्दोलनले पूर्णता पाउनेमा म ढुक्क छु।’

सर्वोच्चमा पेसी तोक्न गोलाप्रथा लागू हुने भएपछि केही हदसम्म बारको माग पूरा भएको उनले बताए। अब प्रधानन्यायाधीशको बहिर्गमनले मात्र आन्दोलन रोकिने उनको भनाइ छ। प्रधानन्यायाधीश राणालाई उनले राजीनामा दिन पनि सुझाव दिए।

भण्डारी र कोइरालासँगै आन्दोलनको अग्रभागमा देखिने अर्का अग्रज वकिल हुन् दमननाथ ढुङ्गाना। उनी बारले थालेको आन्दोलनको पहिलो दिनदेखि सक्रिय छन्। हरेक दिन ९ः३० बजेतिर सर्वोच्च अदालत परिसर पुगिसक्छन्। धर्ना र विरोध कार्यक्रम सकेर मात्र फर्किन्छन्। 

आफू विधि र पद्दतिको शासन तथा न्यायालयको शुद्धीकरणका लागि आन्दोलनमा सहभागी भएको उनले बताए। सामाजिक सञ्जाल टुइटरमार्फत पनि उनी बारको आन्दोलनको प्रचार गरिरहेका छन्। उनले लेखेका छन्, ‘भ्रष्टाचार आफैँ बढ्दैन, नष्ट बुद्धिले बढाउँदछ। अझैसम्म पनि ‘न्यायालयको समस्या न्यायालयले हल गरोस्’ भनेर यस गठबन्धित सरकारका दलहरू जे भन्दैछन्, त्यो संविधानको सम्मान होइन, सिधै भ्रष्टाचारको संरक्षण हो। लाज मर्नु लाचारी हो।’

देश असफल हुने लक्षण सर्वोच्चको प्राङ्गणमा देखिएको उनले उल्लेख गरेका छन्। दलहरुको भूमिकाप्रति उनले तीव्र असन्तुष्टि जनाएका छन्। ‘शुद्धीकरणमार्गी बारका वकिलमाथि बन्दुक ताक्ने सुरक्षा गस्ती किन रे थाहा छ? प्रधानन्यायाधीशको सुरक्षा खातिर रे?’ भन्दै उनले व्यंग्य पनि गरेका छन्।

प्रकाशित मिति: बिहीबार, मंसिर ९, २०७८  ०६:५०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्