• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असार २४, २०८२ Tue, Jul 8, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
फिचर
बमका छर्राले छियाछिया शरीरसितै २ महिना हिरासत र २६ महिना जेलको बास
64x64
धनु विश्वकर्मा सोमबार, मंसिर २०, २०७८  ११:३४
1140x725

काठमाडौं- शरीर पहिलेको जस्तो तन्दुरुस्त छैन। बमका छर्रा बोकेर हिँडेका छन्। चर्को घाम र चिसो दुवै सहन सक्दैनन्। बेला बेलामा स्वास्थ्य परीक्षण गरिरहनुपर्छ। 

धेरै लामो समय उपचार गरे पनि उनको छाती, हात र आँखामा छर्रा बाँकी छन्। त्यसैले शरीर दुखिरहन्छ। तर, राजनीति छाडेका छैनन्। हिजो पनि उनी सडकमा थिए र आज पनि सडकमा छन्। सडकबाट राजनीति गरिरहेका छन्।

त्यो दिन उनी आमाको उपचारका लागि दौडिरहेका थिए। त्यही बेला एउटा भयानक ‘दुर्घटना’मा परे। बम विष्फोटले उनको जीवन नै मोडिदियो। त्यो दिन अहिले पनि उनको सम्झनामा छ।

रविन त्रिचन्द्र कलेजमा विज्ञान विषय लिएर स्नातक पढिरहेका थिए। बेथितिविरुद्धको आन्दोलनमा पनि सहभागी हुन्थे। त्यसबापत कयौँ पटक हिरासतमा पनि पुगिसकेका थिए। 

यता बीएस्सी दोस्रो वर्षको परीक्षा नजिकिँदै थियो। उता रुकुमस्थित गाउँमा रुखबाट लडेर आमाको दुवै हात भाँचिए। आमालाई वीर अस्पतालको ट्रमा सेन्टर भर्ना गरिएको थियो। 

आमाको उपचारका लागी पर्याप्त पैसा थिएन। उनको परिवार आर्थिक रूपमा बलियो छैन। उनले साथी प्रज्वल शाहीसँग सहयोग मागेका थिए। प्रज्वलकोे घर बझाङ हो। उनीहरु दुवै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाको भातृसंगठन अखिल क्रान्तिकारीमा काम गर्थे। प्रज्वल केन्द्रीय सदस्य र रविन कार्यकर्ता थिए। 

२०७६ साल वैशाख १२ गते उनको परीक्षाको दिन थियो। परीक्षा दिन दिउसो १ बजे शान्तिनगरस्थित वागमती बहुमुखी क्याम्पस परीक्षा केन्द्रको हलमा पुगे। तर, त्यो दिन उनले आमाको उपचारका लागि पैसा जुटाउनुपर्ने थियो। साथी प्रज्वलसँग पैसा सापटी मागेका थिए। उनले पाँच हजार रुपैयाँ दिने वचन पनि दिएका थिए।

रविन परीक्षा हलमा बसिरहन सकेनन्। एक घन्टामा नै निस्किए। प्रज्वलले आफू बस्ने डेराको लोकेसन दिएका थिए। उनी डेरा खोज्दै घट्टेकुलोतिर लागे। तर, घर पत्ता लगाउन सकेनन्। फेरि फोन गरे। उनलाई लिन प्रज्वल आफैँ घरबाहिर निस्किए।

दुवै जना डेरा पुगे। प्रज्वल भित्र छिरिसकेका थिए। उनी मूल ढोकामा जुत्ता खोल्न थाले। एउटा जुत्ता खोलिसकेर अर्को जुत्ताको तुना खोल्न घोप्टो परेका थिए। त्यति नै बेला अचानक विस्फोटको ठूलो आवाज आयो। त्यो आवाज कानले थेग्न सक्ने खालको थिएन। 

बमका छर्राहरु उनको शरीरका विभिन्न भागमा लाग्यो। अनुहार पनि छियाछिया भयो। रगत बग्न थाल्यो। त्यही बेला भित्रबाट कालो मुस्लो मडारिएर बाहिर आयो। उनका आँखाले सबै अन्धकार मात्र देख्यो। अनि, बेहोस भएर त्यहीँ ढले।

त्यसपछि के भयो उनलाई पत्तो हुने कुरै भएन। केही बेरमै प्रहरी आएछ र उनलाई उद्वार गरेर अस्पताल पुर्‍याएछ।

उता आमा ट्रमा सेन्टरमा छोरोको बाटो कुरिरहेकी थिइन्। हुन त रविनलाई पनि ट्रमा सेन्टर नै लगिएको थियो। तर, दुई जना सँगै थिएनन्। न त आमाले छोरोको खबर नै थाहा पाएकी थिइन्। उनी त्यही दिन अस्पतालबाट बिदा भइछिन्। डिस्चार्जका लागि पार्टीका साथीहरूले सहयोग गरे पनि छोरो दुर्घटनामा परेको खबर सुनाएनछन्। आमालाई पार्टीकै साथीहरुले लगेर राखेछन्।

अस्पतालको बेडमा उनका आँखा खुल्दा प्रहरीले पहरा दिइरहेका थिए। साथी प्रज्वलको मृत्यु भइसकेको रहेछ। आफू घाइते हुँदा दुःख त थियो नै, प्रज्वलको मृत्युको खबरले झनै मर्माहत भए।

अब अस्पतालको बेडमा नै प्रहरीले उनीमाथि केरकार सुरु गर्‍यो। ‘उपचारमै रहेको बेला प्रहरीले मलाई मानसिक यातना दियो,’ उनले भने, ‘म घाइते थिएँ। यो देशको नागरिक हुँ र पीडित थिएँ। तर, मलाई राज्यले अपराधीजस्तो करार गर्‍यो।’

रविनले ट्रमा सेन्टरमा चार दिन उपचार गराए। त्यति बेलासम्ममा विष्फोटको समाचार लगातार आइरहेका थिए। देशैभर चर्चा थियो। तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले संसदमा ‘आतंककारीहरूले बम विस्फोट गराएको’ बताए। उनले विप्लव नेतृत्वको नेकपातिर संकेत गर्दै यस्तो बताएका थिए। 

रविन पनि नेकपाको भातृसंगठनको सदस्य थिए। बम विष्फोट गराउन आफ्नो हात नभएको उनी बताउँछन्। तर, बादलले ‘आतंककारी’ भन्दा आफ्नो चित्त दुखेको उनको भनाइ छ। ‘म पीडामा थिएँ। गृहमन्त्रीले त्यो दुर्घटनालाई पनि राजनीतक रङ दिए। राजनीतिक आँखाले हेरे। अझै आतंककारी नै भने। त्यसबाट उनीहरुको दृष्टिकोण प्रष्ट हुन्छ,’ रविन भन्छन्। 

उनको उपचार पार्टी र विद्यार्थी संगठनले गरिदियो। तर, प्रहरीको पहरा जारी थियो। चार दिनपछि उनी हिरासत पुगे। उनीमाथि जाहेरी पर्‍यो र प्रहरीले छानबिन थाल्यो। उनी ६५ दिन हिरासतमा बसे। उनको शरीरमा बारुदका छर्रा बाँकी नै थिए। आमाको अवस्था बुझ्न सकेका थिएनन्।

त्यसअघि पनि उनी हिरासत परेका थिए। राज्यका बेथिति र अन्यायविरुद्धका आन्दोलनमा उनी सहभागी हुने गरेका थिए। त्यसकारण पटक-पटक पक्राउ पर्ने गर्थे। त्यसैले प्रहरीको त्यो कक्ष उनका लागि नयाँ थिएन। तर, त्यति बेला भने फरक अनुभूति गरे। प्रहरीले गर्ने व्यवहार फरक थियो।

दुई महिनाभन्दा बढी समय हिरासतमा राखेपछि उनलाई जेल चलान गरियो। उनले २६ महिना सुन्धाराको सेन्ट्रल जेलमा बिताए। ‘मेरो जेलको २६ महिना २६ जुनीजस्तो भयो। जेल सिकाइको पाठशाला रहेछ। धेरै कुरा जान्न पाएँ,’ उनी भन्छन्।

२०७८ असार २१ मा सर्वोच्चको आदेशबाट उनी रिहा भए। उनी अहिले खुला संसारमा छन्। तर, जेलभित्र पनि राज्यले गर्ने विभेद र यातना सम्झेर दुःखी हुन्छन्।

त्यो दुर्घटनाको पीडा भने उनले जिन्दगीभर सहनुपर्ने भएको छ। शरीरमा कता-कता छर्रा छन् अझै थाहा छैन। बेला बेला चस्केर दुख्छ। अझै उपचार जारी राख्नु परेको छ। तर, आफूले दुःखी गरिबका लागि गरिरहेको राजनीतिबाट भने अलग नहुने उनी बताउँछन्।

प्रकाशित मिति: सोमबार, मंसिर २०, २०७८  ११:३४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
धनु विश्वकर्मा
लेखकबाट थप
तिज : सतिप्रथाको एक अवशेष!
बीपीको रोजाइ लिलाबाबु, सुवर्णको हिमालय शमशेर!
अनलाइन सपिङका नाममा ठगी:  देखाउने एउटा, बिक्री अर्कै
सम्बन्धित सामग्री
धोबी खोलामा बाढी (तस्बिरहरु) धोबिखोलामा बाढी आएपछि अनामनगर छेउका करिडोर डुवानमा परेका छन् । जसका कारण सवारी आवागमन प्रभावित भएको छ । शुक्रबार, असार ६, २०८२
समाजसेवामा समर्पित कृपा,  नाम जस्तै पहिचान समाजसेवा गर्दा घरव्यवहार सब लथालिंग हुने कुरामा उनको विश्वास छैन। किनभने घर र समाज व्यवस्थापन गर्ने कलाले उनलाई यहाँसम्म ल्याइपुर्‍य... आइतबार, जेठ २५, २०८२
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख वि... शुक्रबार, माघ १८, २०८१
ताजा समाचारसबै
कार्यदल बनाएर संविधान संशोधन प्रक्रिया अगाडि बढाउन कांग्रेसको निर्णय सोमबार, असार २३, २०८२
बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी सोमबार, असार २३, २०८२
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाल लाइभ समाचार, असार 23 #live
नेपाल लाइभ समाचार, असार 23 #live सोमबार, असार २३, २०८२
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो)
नेपालमा जन्मिएर मात्र नेपाली हुँदैनौं, नेपाल नै हामीभित्र हुनुपर्छ: पूर्वराजा ज्ञानेन्द्र शाह (भिडियो) सोमबार, असार २३, २०८२
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो)
नेपाली महिला फुटबल टोली स्वदेश फिर्ता(भिडियो) सोमबार, असार २३, २०८२
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो)
नेपालको सक्रिय उपस्थीतिले अन्तराष्ट्रिय मञ्चमा नेपालको छवि उच्च भएको छ : प्रधानमन्त्री ओली (भिडियो) सोमबार, असार २३, २०८२
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो)
देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प(भिडियो) सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
जसपाका फरार नेता भन्छन्– मधेश एक दिन नेपालबाट अलग हुनेछ सोमबार, असार २३, २०८२
यी हुन् ‘कुलिङ पिरियड’ बबण्डरको छानबिन गर्ने समितिका सदस्यहरू सोमबार, असार २३, २०८२
१५ लाख धेरौटी तिर्न नसकेपछि युनुस अन्सारी कारागार चलान सोमबार, असार २३, २०८२
नयाँ पार्टी खोल्ने मस्कको निर्णयलाई ट्रम्पले भने ‘वाहियात’ सोमबार, असार २३, २०८२
भोजपुर सामूहिक हत्या : शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो सोमबार, असार २३, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने बिहीबार, असार १९, २०८२
अध्यादेशमार्फत नियुक्त ५२ जनाकै पद जोगियो,  बहुमतले नियुक्ति सदर (पूर्णपाठ) बिहीबार, असार १९, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्