काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत जनजाति क्लस्टरको सहमहामन्त्री पदको मतगणना जारी रहेको छ।
बिहीबार पार्टी कार्यालय सानेपामा जारी मतगणनामा भीष्म आङ्देम्बेले अग्रता कायमै राखेका छन्। उनलाई विकास लामाले पछ्याइरहेका छन्।
१९ सय मत गणना गर्दा आङ्देम्बे ११ सय मत पाएका छन्। यस्तै, लामाले ७ सय ७१ मत पाएका छन्।
जनजाति क्लस्टरको सहमहामन्त्रीका लागि सभापति शेरबहादुर देउवा प्यानलबाट आङ्देम्बे र तथा शेखर कोइराला प्यानलबाट लामा प्रतिस्पर्धामा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।