काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सहमहामन्त्री (महिला क्लस्टर) पदको मतगणना जारी रहेको छ।
बिहीबार पार्टी कार्यालय सानेपामा जारी मतगणनामा डिना उपाध्यायले अग्रता लिएकी छन्। उनलाई कमला पन्तले पछ्याइरहेकी छन्
१५ सय ०४ मत गणना गर्दा उपाध्यायले ८ सय ०३ मत पाएकी छन्। यस्तै, पन्तले ६ सय ८३ मत पाएकी छन्।
सहमहामन्त्री (महिला क्लस्टर)का लागि सभापति शेरबहादुर देउवा प्यानलबाट उपाध्याय र तथा शेखर कोइराला प्यानलबाट पन्त प्रतिस्पर्धामा रहेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।