फाइल तस्बिर काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत ३ समूहका सहमहामन्त्रीको जारी मतगणनामा देउवा पक्षका उम्मेदवारले अग्रता कायम राखेका छन्।
आदिवासी जनजातितर्फत ३०३७ मत गणना हुँदा देउवा समूहका भीष्मराज आङ्दाम्बेले १७८० मत ल्याएका छन्। यस्तै, शेखर कोइराला पक्षका विकास लामाले १२४८ मत ल्याएका छन्।
महिलातर्फ ३ हजार मत गणना हुँदा देउवा पक्षकी डिना उपाध्यायले १६५२ मत ल्याएकी छन्। अर्की उम्मेदवार कमला पन्तले १३२६ मत ल्याएकी छन्।
दलिततर्फत ३०७७ मत गणना हुँदा देउवा पक्षका मान बहादुर विश्वकर्माले १४४३ मत ल्याएका छन् भने अर्का उम्मेदवार जीवन परियारले १४३५ मत ल्याएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।