काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत दलित क्लस्टरको सहमहामन्त्री पदको जारी मतगणनामा मानबहादुर विश्वकर्मा र जीवन परियारको कडा टक्कर चलिरहेको छ।
३ हजार ७७ मत गन्दा विश्वकर्माले ८ मतको अग्रता लिएका छन्। उनले १४ सय ४३ मत पाएका छन्। उनलाई पछ्याइरहेका परियारले १४ सय ३५ मत पाएका छन्।
दलित क्लस्टरको सहमहामन्त्रीका लागि सभापति शेरबहादुर देउवा प्यानलबाट विश्वकर्मा र तथा शेखर कोइराला प्यानलबाट परियार प्रतिस्पर्धामा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।