काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत ३ समूहका सहमहामन्त्रीको जारी मतगणनामा दलिततर्फ शेखर कोइराला समूहका उम्मेदवारले अग्रता लिएका छन्।
मतगणना अन्तिमतिर पुग्नै लाग्दा दलिततर्फ सहमहामन्त्रीका उम्मेदवार जीवन परियारले अग्रता लिएका हुन्।
३९६४ मत गन्दा परियारले १८६५ मत ल्याएका छन्। यस्तै, देउवा समूहका उम्मेदवार मान बहादुर विश्वकर्माले १८३७ मत ल्याएका छन्। दलिततर्फतका अर्का उम्मेदवार गङ्गा सुनारले २०४ मत ल्याएकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।