काठमाडौं– नेपाली कांग्रेसको सहमहामन्त्री (महिलातर्फ) महालक्ष्मी उपाध्याय (डिना) विजयी भएकी छन्।
पार्टी सभापतिमा विजयी भएका शेरबहादुर देउवा प्यानलबाट सहमहामन्त्रीको उम्मेदवार बनेकी डिना प्रतिस्पर्धी कमला पन्तलाई पराजित गर्दै विजयी भएकी हुन्।
सहमहामन्त्रीमा विजयी डिनाले २ हजार ५३३ मत ल्याइन्। उनकी प्रतिस्पर्धी पन्तले २ हजार १०५ मत ल्याइन्।
पन्त सभापतिमा पराजित शेखर कोइराला नेतृत्वको प्यानलबाट सहमहामन्त्री (महिला)को उम्मेदवार हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।