काठमाडौं– नेपाली कांग्रेसको सहमहामन्त्री (आदिवासी जनजाति)मा शेरबहादुर देउवा पक्षका भीष्मराज आङ्देम्बे विजयी भएका छन्।
शेखर कोइराला पक्षका उम्मेदवार विकास लामालाई पराजित गर्दै आङ्देम्बे सहमहामन्त्रीमा विजयी भएका हुन्।
विजयी आङ्देम्बेले २७११ मत ल्याए भने पराजित लामाले १९१३ मत प्राप्त गरे।
सहमहामन्त्रीमा विजयी आङ्देम्बे नेपाली कांग्रेसको अघिल्लो केन्द्रीय कार्यसमितिका सदस्य थिए। उनी अनुशासन समितिको अध्यक्ष समेत भइसकेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।