काठमाडौं- नेपाली कांग्रेसको सहमहामन्त्रीको मतगणना जारी रहेको छ। शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय सानेपामा तीनवटा क्लस्टरको मतगणना भइरहेको हो।
मधेसी, मुस्लिम र थारु तर्फ भइरहेको मतगणनामा मधेसीतर्फ महेन्द्र यादवले अग्रता लिएका छन् । रामकृष्ण यादव कोइराला पक्षका हुन्।
उम्मेदवारी मनोनयन फिर्ता गर्ने समय सकिएपछि रञ्जित कर्णले रामकृष्णलाई सहयोग गर्ने बताएका थिए। तर, उनलाई मत परेको छ।
अन्य क्लस्टरमा सभापति शेरबहादुर देउवा पक्षको अग्रता रहेको छ।
मधेसीतर्फ - २०२५ मत गणना हुँदा
महेन्द्र यादव -१००६
रामकृष्ण यादव -७३६
रञ्जित कर्ण २५८
-मुस्लिमतर्फ १९००मत गणना हुँदा
फर मुल्लाह मन्सुर -१०२९
शेख वकील - ८२९
-थारुतर्फ ३०५५ मत गणना हुँदा
उमाकान्त चौधरी - १६७७
तेजुलाल चौधरी -१३३५
यसअघि बिहीबार तीनवटा क्लस्टरको मतगणना भएको थियो जहाँ दुईवटा क्लस्टरमा देउवापक्ष र एउटामा कोइराला पक्षले जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।