काठमाडौं- नेपाली कांग्रेसको सहमहामन्त्रीको जारी मतगणनामा पिछडिएको क्षेत्रमा बद्री पाण्डेले अग्रता कायम राखेका छन्।
शुक्रबार पार्टी कार्यालय सानेपामा जारी मतगणनामा शेखर कोइराला प्यानलका पाण्डेले अग्रता कायम राखेका हुन्।
२७७९ मत गणना हुँदा पाण्डेले १३७१ मत पाएका छन्। कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले १३२६ मत पाएका हुन् त्यस्तै चेतराज बरालले ५८ मत पाएका छन्।
यस्तो छ अन्य क्लस्टरका उम्मेदवारहरुको मत
मधेसीतर्फ - २०२५ मत गणना हुँदा
महेन्द्र यादव -१००६
रामकृष्ण यादव -७३६
रञ्जित कर्ण २५८
-मुस्लिमतर्फ १९००मत गणना हुँदा
फर मुल्लाह मन्सुर -१०२९
शेख वकील - ८२९
-थारुतर्फ ३०५५ मत गणना हुँदा
उमाकान्त चौधरी - १६७७
तेजुलाल चौधरी -१३३५
यसअघि बिहीबार तीनवटा क्लस्टरको मतगणना भएको थियो जहाँ दुईवटा क्लस्टरमा देउवापक्ष र एउटामा कोइराला पक्षले जितेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।