काठमाडौं- नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्यको मतगणनामा डा. शशांक कोइरालाको अग्रता कायमै छ।
हालसम्मको गणनामा सभापति शेरबहादुर देउवा पक्षका उम्मेदवारले अग्रता लिइरहेका छन्।
हालसम्म गणना भएको ३५९५ मतमा कोइरालाले २९४० मत प्राप्त गरेका छन्। खुलातर्फ ३५ जना चयन हुने केन्द्रीय सदस्यका लागि ९९ जनाको उम्मेदवारी परेको थियो। ३५ जनामा सबैभन्दा अग्रस्थानमा शशांक छन् भने ३५औं नम्बरमा मोहन आचार्य छन्।
एनपी साउदले २२६१, बालकृष्ण खाणले २२०७, उदय शमशेर राणाले २१६७, रामहरि खतिवडाले २१४७, रमेश लेखकले २१३०, ज्ञानेन्द्रबहादुर कार्कीले २१२७, शंकर भण्डारी २११२, जीपछिरिङ लामा २०३५, अर्जुननरसिंह केसीले २०३० मत पाएका छन्।
यसैगरी, दिलेन्द्रप्रसाद बडुले ३८४९, दीपक गिरी १७२६, जितजंग बस्नेत १९३९, गोविन्द भट्टराई १८२०, बलहादुर केसीले १८२१, गोपालमान श्रेष्ठ १९५२, गुरु बराल १४४७, डा. गोविन्दराज पोखरेल १४२७, कुन्दनराज काफ्ले १७२८ मत प्राप्त गरेका छन्।


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।