फाइल तस्बिर काठमाडौं- नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्यको मतगणना सकिएको छ। अहिले प्राप्त मत जोड्ने काम भइरहेको छ।
यसपछि खुला (महिला) र मधेसी महिलातर्फको केन्द्रीय सदस्यको मत गणना हुने पार्टीको केन्द्रीय निर्वाचन समितिले जानकारी दिएको छ।
नौ जना चयन हुने महिला खुला केन्द्रीय सदस्यका लागि ३० जनाको उम्मेदवारी परेको छ।
यसैगरी मधेसी महिला केन्द्रीय सदस्यका लागि पाँच जनाको उम्मेदवारी परेको छ। यो समूहबाट चार जना केन्द्रीय सदस्यमा निर्वाचित हुने छन्।



नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।