काठमाडौं– नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्यमा दोलखाबाट एकैपटक तीन जना निर्वाचित भएका छन्।
आइतबार सम्पन्न मतगणनामा खुलातर्फ जिपछिरिङ लामा, अजयबाबु सिवाकोटी र कुन्दनराज काफ्ले निर्वाचित भएका हुन्। खुलातर्फ ३५ जना चयन हुने केन्द्रीय सदस्यका लागि ९९ जनाको उम्मेदवारी परेको थियो।
लामा र काफ्ले सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवार बनेका हुन्। काफ्ले कृष्णप्रसाद सिटौलानिकट भए पनि देउवा प्यानलबाट उम्मेदवार बनेका हुन्। सिवाकोटी शेखर कोइरालानिकटका हुन्।
लामा गत महाधिवेशनमा केन्द्रीय सदस्यमा पराजित भएका थिए। यता, सिवाकोटी पत्रकारिता छोडेर केन्द्रीय सदस्यमा उठेका हुन्। उनी प्रेस युनियनको महासचिवसमेत बनेका थिए। यस्तै, काफ्ले नेविसंघका पूर्वमहामन्त्री हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।