काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य खुलातर्फ उम्मेदवार बनेका नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष प्रेमबहादुर खड्का पराजित भएका छन्।
पार्टी कार्यालय सानेपामा आइतबार सम्पन्न मतगणनामा सभापति शेरबहादुर देउवापक्षबाट खुला केन्द्रीय सदस्यमा उम्मेदवार बनेका खड्काले ४५३ मत ल्याए।
देउवापक्षबाट उम्मेदवार बनेका अधिकांश विजयी हुँदा खड्काले पराजय भोगेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।