काठमाडौं- नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति शेरबहादुर देउवापक्षबाट केन्द्रीय सदस्यमा उठेका वीरेन्द्र कनोडिया पराजित भएका छन्।
खुलातर्फको ३५ जना केन्द्रीय सदस्यमा पर्न असफल भएका उनले १५१९ मत ल्याएका छन्। उनी लुम्बिनीमा कांग्रेस संसदीय दलका नेता हुन्।
लुम्बिनीका भावी मुख्यमन्त्रीका रुपमासमेत उनको चर्चा रहेको छ। उक्त प्रदेशमा नेकपा (माओवादी केन्द्र) र कांग्रेसले आलोपालो सरकारको नेतृत्व गर्ने सहमति गरेका छन्। कनोडिया कपिलवस्तुका चिनी उद्योगीसमेत हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।