फाइल तस्बिर काठमाडौं– नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य खुलातर्फको मतपरिणाम सार्वजनिक भएको छ।
आइतबार सार्वजनिक मतपरिणामअनुसार खुला सदस्यतर्फी निर्वाचित ३५ जना केन्द्रीय सदस्यमध्ये २६ जना सभापति शेरबहादुर देउवापक्षका र ९ जना शेखर कोइरालापक्षका हुन्।
केन्द्रीय सदस्य खुलातर्फ ३५ पदका लागि ९९ जनाले प्रतिस्पर्धा गरेका थिए।
केन्द्रीय सदस्य खुलातर्फ डा शशांक कोइरालाले सबैभन्दा बढी मत पाएका छन्। उनले ३८३६ मत ल्याएका हुन्।
यसैगरी एनपी साउदले २९३७ मत ल्याएका छन्। बालकृष्ण खाणले २८७९, उदयशम्शेर राणाले २८४३, रामहरी खतिवडा २८३२, ज्ञानेन्द्रबहादुर कार्की २८२०, रमेश लेखक २७८०, शंकर भण्डारी २७६८, जिपछिरिङ लामा २७०२, अर्जुननरसिंह केसीले २६५० मत पाएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा सम्पन्न मतगणनामा ३५ जना खुला केन्द्रीय सदस्यमा देउवापक्षका २६ र शेखर कोइरालापक्षका ९ जना निर्वाचित भएका छन्।
केन्द्रीय सदस्य खुलातर्फ ३५ पदका ९९ जना प्रतिस्पर्धा गरेका थिए।
कसले कति मत ल्याए?


नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।