काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोरोनाविरुद्धको खोप लगाउन २० हजार घुस लिएको आरोपमा पक्राउ परेका दुईजनाविरुद्ध विशेष अदालतमा आरोप पत्र दायर गरेको छ।
महोत्तरी स्वास्थ्य चौकीमा हेल्थ असिस्टेन्ट पदमा कार्यरत अजयकुमार साह र कृष्णाकुमार यादवविरुद्ध अख्तियारले विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
अख्तियारका सहायक प्रवक्ता वेदप्रसाद भण्डारीका अनुसार स्वास्थ्य चौकीमा कार्यरत साहको निर्देशनमा यादवले २० हजार घुस लिएको पुष्टि भएको छ।
साहको निर्देशनमा यादवले कोरोनाविरुद्धको जोन्सन एन्ड जोन्सन खोप लगाउन सेवाग्राहीबाट २० हजार घुस लिएको अख्तियारको छानबिनमा फेला परेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।