काठमाडौं– नेपालमा सक्रिय कोरोनाको संक्रमितको संख्या ९० हजार नाघेको छ। सबै भन्दा बढी सक्रिय संक्रमित काठमाडौँ उपत्यका (काठमाडौं, भक्तपुर, ललितपुर)मा रहेका छन्। उपत्यकामा ६१ दशमलव ९६ प्रतिशत सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांक छ।
मन्त्रालयको तथ्यांकअनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको छ। काठमाडौं उपत्यकामा मात्रै ५५ हजार ८०९ जना सक्रिय संक्रमित छन्। काठमाडौंमा ४० हजार १२, भक्तपुरमा पाँच हजार ७२८, ललितपुरमा १० हजार ६९ छन्।
सक्रिय संक्रमितमध्ये ८८ हजार २४८ जना होम आइसोलेसनमा छन्। त्यस्तै एक हजार ८१९ जना संस्थागत आइसोलेसनमा उपचाररत रहेको मन्त्रालयलेले जनाएको छ।
उपचाररत संक्रमितमध्ये २५१ जनानाको आईसीयू र ४८ जनाको भेन्टिलेटरमा उपचार भइराखेको छ। नेपालमा पाँच सय भन्दा बढी सक्रिय संक्रमित हुने जिल्ला मोरङ, सुनसरी, झापा, धनुषा, काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभे्र, नुवाकोट, कास्की, नवलपरासी पूर्व, बााँके, रुपन्देही, दाङ, कैलाली गरी १७ पुगेको छ।
त्यस्तै दुई सयमाथि सक्रिय संक्रमित भएका जिल्लामा पर्सा, बारा, महोत्तरी, सप्तरी, सर्लाही, सिराह, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, दोलाख, गोरखा, तनहँु, स्याङ्जा, बाग्लुङ, पाल्पा, दाङ, गुल्मी, सुर्खेत, कन्चनपुरसहित १९ छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।