फाइल तस्बिर राँझा– नेपालगञ्जस्थित भेरी अस्पतालमा दुई कोरोना संक्रमितको मृत्यु भएको छ। अस्पतालमा उपचाररत बर्दियाका ७१ वर्षीय संक्रमित पुरुषको मृत्यु भएको १२ घण्टाभित्रै कालिकोटका १६ वर्षीय बालकको भेरी अस्पतालमा मृत्यु भएको जिल्ला कोभिड व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।
उनका अनुसार मधुवन नगरपालिका वडा नं ६ निवासी ७१ वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति मृत्यु भएको थियो । भेरी अस्पतालमा यही माघ १० गते पीसीआर परिक्षण गर्दा कोरोना पोजेटिभ भएपछि उनलाई सोही दिन भर्ना गरिएको थियो।
यस्तै कालिकोट शुभकालिका वडा नं ५ निवासी १६ वर्षीय बालकको भेरी अस्पतालमा बुधबार बिहान मृत्यु भएको हो। यही माघ ४ गते पिसिआर परिक्षण गर्दा कोरोना पोजेटिभ देखिएपछि भोलीपल्ट भेरी अस्पतालमा भर्ना गरिएकामा उपचारकै क्रममा बुधबार बिहान मृत्यु भएको जिल्ला कोभिड ब्यवस्थापन केन्द्रका स्रोत व्यक्ति वलीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।