काठमाडौं– विश्वभर पछिल्लो २४ घण्टामा ३४ लाख ७ हजार ९६७ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३६ करोड २७ लाख नाघेको छ।
सो अवधिमा २० लाख ९७ हजारभन्दा बढी संक्रमणमुक्त भएका छन् भने ९ हजार ९३० जनाको मृत्यु भएको छ। पछिल्लो केही दिनदेखि अमेरिका र युरोपमा संक्रमण बढेसँगै दैनिक संक्रमितको संख्यासमेत उच्च हुन थालेको हो। पछिल्लो समय भारतमा समेत दैनिक संक्रमित हुनेको संख्या उच्च छ।
पछिल्लो २४ घण्टामा अमेरिकामा ४ लाख ३५ हजार भन्दाबढी, फ्रान्समा ४ लाख २८ हजार, इटलीमा १ लाख ६७ हजार, बेलायतमा १ लाख २ हजार संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा भारतमा २ लाख ८४ हजारभन्दा बढी संक्रमित थपिँदा ५७५ जनाको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।