काठमाडौं– नेपालमा थप ६ हजार ८२७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १९ हजार ८६९ जनाको नमूना परीक्षण गर्दा शुक्रबार ६ हजार ८२७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
गत २४ घण्टामा १३ हजार ७९१ नमूनाको पीसीआर र ६ हजार ७८ नमूनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ४ हजार ८०७ जना र एन्टिजेन परीक्षणबाट २ हजार २० जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै, गत २४ घण्टाको अवधिमा ५ हजार ४३२ जना कोरोना संक्रमणबाट मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ।
गत २४ घण्टाको अवधिमा देशका विभिन्न ठाउँमा गरी १० जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ६९७ पुगेको छ।
मन्त्रालयका अनुसार देशभर हाल ८९ हजार ९४१ जना सक्रिय संक्रमित छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।