काठमाडौं– काठमाडौं उपत्यकामा २ हजार ९४० जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा गरिएको एन्टिजेन र पीसीआर परीक्षणबाट उपत्यकाका ३ जिल्लामा थप २ हजार ९४० जनामा संक्रमण पुष्टि भएको हो।
थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका छन्। काठमाडौं जिल्लामा २ हजार १५३ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, ललितपुर जिल्लामा ५१९ र भक्तपुर जिल्लामा २६८ संक्रमित थपिएका मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ६ हजार ८२७ जना संक्रमित थपिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।