काठमाडौं- काठमाडौं उपत्यकामा एक हजार ८२० जना कोरोना संक्रमित थपिएका छन्। गत २४ घण्टामा गरिएको एन्टिजेन र पीसीआर परीक्षणबाट उपत्यकाका ३ जिल्लामा थप एक हजार ८२० जनामा संक्रमण पुष्टि भएको हो।
थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका छन्। काठमाडौंमा एक हजार ४०४ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
यस्तै, ललितपुर जिल्लामा ३०५ र भक्तपुर जिल्लामा १११ संक्रमित थपिएका मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ४ हजार ९०४ जना संक्रमित थपिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।