काठमाडौं– ललितपुरका पहिलो मात्रा फाइजर खोप लगाएका १२ वर्षदेखि १७ वर्ष सम्मका बालबालिकालाई दोस्रो मात्रा खोप दिइने भएको छ।
ललितपुर महानगरपालिकाले सूचना निकाल्दै उक्त उमेर समूहका बालबालिकालाई माघ २० गतेदेखि २५ गतेसम्म दोस्रो मात्रा खोप दिने जानकारी दिएको हो। खोप अभियान बिहान १० बजे देखि ४ बजेसम्म चल्ने जनाइएको छ।
पुस २७ गते खोप लगाएकालाई माघ २० गते वडा नम्बर १ देखि ४ गतेसम्मका विद्यालयमा खोप लगाउने व्यवस्था गरिएको छ।
त्यस्तै, पुस २८ गते खोप लगाएकालाई माघ २१ गते वडा नम्बर ५ देखि ८ सम्मका विद्यालयमा खोप केन्द्र तोकिएको छ भने पुस २९ गते खोप लगाएकालाई माघ २३ गते वडा न ९ देखि १४ र १५ का केही विद्यालयमा खोप केन्द्र तोकेको जनाइएको छ ।
पुस ३० गते खोप लगाएकालाई माघ २४ गते वडा न १५ का बाँकी विद्यालय र वडा न १६ देखि २१ सम्मका विद्यालयमा खोप केन्द्र तोकिएको छ ।
माघ २ गते खोप लगाएकाको हकमा महानगरपालिकाले माघ २५ गते वडा न २२ देखि २९ सम्मका विद्यालयमा खोप केन्द्र तोकेको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।