काठमाडौं- नेपालमा थप ५ हजार ५८३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
मंगलबार ५ हजार ५८३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
गत २४ घण्टामा १० हजार ७७६ नमूनाको पीसीआर र ५ हजार ६ हजार ८९८ नमूनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार पीसीआर परीक्षणबाट ३ हजार ६५७ जना र एन्टिजेन परीक्षणबाट १९२६ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै, गत २४ घण्टाको अवधिमा ८ हजार २६७ जना कोरोना संक्रमणबाट मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ। सोही अवधिमा ९ संक्रमितको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।