काठमाडौं– नेपालमा थप ३ हजार ६३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गत २४ घण्टाको अवधिमा देशभर एन्टिजेन र पीसीआर विधिबाट ११ हजार ५८२ नमूना परीक्षण गर्दा बुधबार थप ३ हजार ६३७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार ६ हजार ४९९ जनाको पीसीआर परीक्षण गर्दा २ हजार २०५ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, ५ हजार ८३ जनाको एन्टीजेन परीक्षण गर्दा १ हजार ४३२ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै, देशका विभिन्न ठाउँमा गरी १२ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ७६४ पुगेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ७ हजार ५५५ जना कोरोना संक्रमण मुक्त भएका छन्। हाल देशभरमा ६९ हजार २९१ सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।