काठमाडौं- बुधबार एकै दिन आठ लाखभन्दा बढीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार बुधबार आठ लाख १५ हजार ७९६ जनाले खोप लगाएका छन्।
यस्तै अहिलेसम्म कोरोना भाइरसविरुद्धको 'बुस्टर डोज' लगाउनेको संख्या चार लाख ८४ हजार ४७९ पुगेको मन्त्रालयले जनाएको छ।
सरकारले माघ २ गतेदेखि बुस्टर डोज दिन सुरु गरेको थियो।
हालसम्म लक्षित समूहका ८६ प्रतिशतले पहिलो मात्रा लगाएका छन् भने ७४ प्रतिशतले पूर्णमात्रा खोप लगाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।