काठमाडौं– नेपालमा थप ३ हजार १७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गत २४ घण्टाको अवधिमा देशभर एन्टिजेन र पीसीआर विधिबाट १२ हजार ६०५ नमूना परीक्षण गर्दा बिहीबार थप ३ हजार १७५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
मन्त्रालयका अनुसार १० हजार २६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ७४२ जनामा संक्रमण पुष्टि भएको हो। यस्तै, २ हजार ५७९ जनाको एन्टीजेन परीक्षण गर्दा ४३३ जनामा संक्रमण पुष्टि भएको हो।
यस्तै, देशका विभिन्न ठाउँमा गरी १४ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ। कोरोनाका कारण मृत्यु हुनेको संख्या ११ हजार ७७८ पुगेको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ८ हजार ७३३ जना कोरोना संक्रमण मुक्त भएका छन्। हाल देशभरमा ६३ हजार २९६ सक्रिय संक्रमित रहेका मन्त्रालयले जानकारी दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।