काठमाडौं– विश्वभर पछिल्लो २४ घण्टामा २९ लाख ८० हजार ६६१ जना कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वभर कुल संक्रमितको संख्या ३८ करोड ८१ लाख नाघेको छ।
सो अवधिमा २३ लाखभन्दा बढी संक्रमणमुक्त भएका छन् भने १० हजार ९१२ जनाको मृत्यु भएको छ। पछिल्लो केही दिनदेखि अमेरिका र युरोपमा संक्रमण बिस्तारै दैनिक संक्रमितको संख्या घट्न थालेको छ। पछिल्लो केही दिनयता भारतमा समेत दैनिक संक्रमित हुनेको संख्या घट्दो छ।
पछिल्लो २४ घण्टामा अमेरिकामा १ लाख ९२ हजार भन्दाबढी, फ्रान्समा २ लाख ७४ हजार, इटलीमा १ लाख १२ हजार, ब्राजिलमा २ लाख ८६ हजार संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा भारतमा १ लाख ४७ हजारभन्दा बढी संक्रमित थपिँदा ११ सयको मृत्यु भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।