रसुवा– रसुवामा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा सुर्खेतका २५ वर्षीय धनबहादुर चपाई रहेका छन्।
जिल्लाको उत्तरगया गाउँपालिका–५ बेत्रावतीस्थित फलाखु खोलाले बगाउँदा शुक्रबार उनको ज्यान गएको रसुवाका प्रहरी नायब उपरिक्षक शरत कुमार थापा क्षेत्रीले बताए।
सडक निर्माणको कामका लागि बेत्रावती आएका उनलाई शुक्रबार साँझ ५ बजे खोलाले बगाएको थियो। घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।