• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
बिहीबार, जेठ ८, २०८२ Thu, May 22, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत
सुरसमीक्षा जहाँ मायाले ज्यान होइन, शिवाकोटीले खाए देउडाको सातो
64x64
डिबी खड्का शुक्रबार, माघ २८, २०७८  २०:२२
1140x725
तस्बिर: 'मायाले मेरो ज्यान खायो' नामक गीतको भिडियोको एक दृश्य

काठमाडौं– 'सुर्के थैली खै', 'कुटुमा कुटु' जस्ता चर्चित गीतका सर्जक राजनराज शिवाकोटीको नयाँ गीत आएको छ- मायाले मेरो ज्यान खायो। शिवाकोटीको 'टाइपका गीत'मा अभ्यस्तहरुका लागि यो गीत उति खराब छैन। 

शिवाकोटीसँगै मिलन नेवारले गाएको गीत सुन्नेहरुका लागि पनि ठिकै छ। पल शाह जस्ता चर्चित कलाकारलाई भिडियोमा देखाएकाले हेर्नेहरुका लागि पनि रमाइलो लाग्न सक्छ। 

गीत संगीत सुन्ने र रमाइलो गर्ने मात्र होइन, त्यसको परख गर्ने पनि हुन्छन्। त्यस्ता पारखीको कानमा भने यो गीतले काँडाजस्तै बिझाउँछ। भिडियोले आँखामा खुर्सानीले जस्तो पिरपिर्‍याउँछ। किनभने 'मायाले ज्यान खायो' भन्ने गीतबाट शिवकोटीले देउडाको सातो खाएका छन्। 

देउडा पारखीलाई यसले मर्माहत मात्रै बनाएको छैन, झुक्याएको पनि छ। राजनीतिमा धेरै प्रयोग हुने एउटा भनाइ छ नि- खशीको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने। उनको यो कर्म यही भनाइसँग निकट देखिन्छ। 

गीतको सुरुवात संवादबाट हुन्छ। जहाँ कलाकार पल शाह भन्छन्- 'अब रातपनि परिगयो। सिलगढीमाथि झुमाको गाउँतिर रात काट्नुपर्ला। फेरि आज शैलेश्वरी (डोटी) मेलाको दिन पनि हो। त्यहीँ देउडा खेल्दै रमाइलो गरौंला।'

त्यसपछि भिडियोले आँखा पिर्‍याउन थाल्छ। जहाँ देउडा खेल्न डोटीको बैकान (पुरुष) होइन, पूर्वी हिमालको शेर्पा आइपुग्छ। यतिसम्म ठीकै छ, शेर्पाले देउडा खेल्न हुन्न भन्ने कहाँ लेख्या छ र? 

त्यससपछि देउडा भनिएको गीत सुरु हुन्छ। जहाँ भनिन्छ:
मिलन नेवार: कर्नाली तर्‍या हुन्, साइँत पर्‍या हुन्, सुदूरका यी ठाँवैमा
शिवाकोटी: नाँच्न्याँ हो, गाउँन्याँ हो, रम्माइलो  गर्‍न्याँ हो, ऐ झुमाचम्पा तम्रा गाँवैमा

देउडाप्रेमी भुक्लुक्कै पर्ने यहीँनेर हो। यो कसरी देउडा भयो? देउडाको निश्चित छन्द हुन्छ भन्नेसम्म ज्ञान यो तहको संगीतकारमा नहुनु उनकै दुर्भाग्य हो। उनको ज्ञानको सीमिततामाथि दया गरेर छाडिदिन मिल्छ। जब त्यही गीतको अर्थ लगाउन थालिन्छ, तब सुदूर र कर्णालीका खशभाषीको कन्सिरी तात्छ।

Ncell 2
Ncell 2

कसैले सुदूर वा कर्णाली घर बताउनेवित्तिकैं 'खाया हुन्, भया हुन्, गया हुन्' बोलेर खिसी गर्ने प्रचलन आम छ। त्यही जमातको सदस्य हुन उनलाई किन मन लागेको हो?

उनले प्रयोग गरेका छन्– 'कर्नाली तर्‍या हुन्'। यसको अर्थ उनले 'कर्नाली तरेर आएको' भन्ने बुझाउन खोजेका होलान्। बुझिन्छ के भने 'कर्नाली तरे होलान्'। 'साइँतै पर्‍या हुन्' उनले साइँत जुरेको छ भन्ने अर्थमा ल्याएका होलान् । तर यसको ठ्याक्कै बुझिने कुनै अर्थ निस्किँदैन।

'नाँच्न्याँ हो, गाउँन्याँ हो, रम्माइलो गर्‍न्याँ हो' भन्ने ठाउँमा आइपुग्दा त खशभाषीमाथि शिवाकोटीले खिसीटिउरी गर्न खोजेको महसुस हुन्छ। त्यसपछि उनले शिशिर योगीले गाएको 'झमतारा झमझम'को मेलोडी मिसमास पारे। त्यसपछि बन्यो शिवाकोटीवाला देउडागीत!

गायक संगीतकार राजनराज शिवाकोटीलाई नपुग्दो केही थिएन। भ्युज कमाउने कुलतमा फसिहाल्ने कलाकार जस्ता पनि लाग्दैनन्। उनले यसअघिका गीतमा आफ्नो क्षेत्रका मौलिक शब्द गीतमा घुसाएर नेपाली गीतसंगीत, साहित्य र भाषामा योगदान नै गरेका हुन्। 

अहिले संगीतमा नयाँपन खोज्ने होडबाजी चलेको छ। अन्य सबै भाषा र क्षेत्रका गीत छिचोलेर दर्शकस्रोता वाक्कप्याक्क बनाइसकेका छन् छिपछिपै सर्जकले। देउडा अझ पनि केही हदसम्म मौलिकतासहित अघि बढिरहेकै छ। 

मौलिक गीतसंगीतमा रुचि हुनेहरु देउडाको त्यही मौलिकताबाट प्रभावित छन्। शिवाकोटी पनि त्यससबाट प्रभावित हुन सक्छन्। उनलाई सुदूरपश्चिमको देउडा गीतको प्रेमले तानेर त्यहाँ पुर्‍याएको हुनुपर्छ। कसैको प्रेममा परेपछि फकाउनु पो पर्छ, हातपात गर्न हुन्छ त?

सुदूरपश्चिमका कलाकारको विरोध
'ओइ काजल', 'भनसाली' जस्ता देउडा गीतबाट गैर देउडा क्षेत्रमा समेत चर्चित गायक चक्र बमले 'अनुमानका भरमा खसभाषा समेटेर देउडा गीत बनाउने पछिल्लो प्रचलन' भन्दै यसको विरोध गरेका छन्।

यस्तै गीतलाई लक्ष्य गर्दै उनी फेसबुकमा लेख्छन्, 'लगभग आधा नेपालमा प्रचलित खसभाषा र देउडाभित्र रहेर पूर्व पश्चिमका जति पनि अग्रज, अनुज, चर्चित ससङ्गीतकार, गीतकारले काम गर्नु भनेको समग्र सुदूर तथा मध्य पश्चिमको भाषा संस्कृतिको लागि राम्रो हो। व्यक्तिगत रुपमा पनि म देउडा गीतको लिस्ट बढ्यो भनेर खुसी नै हुन्छु, तर देउडा गीत सङ्गीतको लोभले गीतमा अशुद्ध भाषा प्रयोग गरिएका थुप्रै गीत अलि अगाडिदेखि पछिल्लो समयसम्म आइरहेका छन्, …यसले देउडा संस्कृतिमाथि अन्याय गरिरहेको छ।'

आफूहरुले मौलिक सङ्गीतलाई अर्को दर्शक स्रोतासम्म पुर्यािउन नसकेको हुनसक्ने बताउँदै शिवाकोटीलगायतलाई संकेत गर्दै बम भन्छन्, 'यसमा तपाईंहरू जत्तिको दिग्गज सर्जकहरूको खाँचो पनि छ, तर नबुझी अनुमानका भरमा यसरी अशुद्ध लाइन प्रयोग नगर्नुहोस्।'

भाषा, गीत र संगीतको शुद्ध प्रयोग नगरेर भ्रम फैलाउने कुरा सह्य नहुने उनी बताउँछन्। उनको भनाइमा सुदूरपश्चिममा लोकप्रिय 'अछामी बड्डो'का रुपमा परिचित गायक लालबहादुर धामी सही थप्छन्। उनी यस्ता कर्मको सामूहिक रुपमा विरोध गर्नुपर्ने बताउँछन्। 

सुदूरपश्चिमकै अर्का कलाकार राजेन्द्र भट्टले बमको फेसबूक स्टाटसलाई समर्थन गर्दै सिवाकोटीको सिर्जनाको आलोचना गरेका छन्। उनी भन्छन्, 'एक त नजानेर नबुझेर गतल प्रयोग गर्ने अनि आफैं ठूला कुरा गर्ने यो चाहिँ अस्वीकार्य कुरो हो। हाम्रो भाषा प्रयोग गरुन् सबैले। खुसीको कुरा हो, तर गलत प्रयोग सह्य हुँदैन।'

प्रकाशित मिति: शुक्रबार, माघ २८, २०७८  २०:२२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
डिबी खड्का
नेपाल लाइभका वरिष्ठ संवाददाता खड्का संसदीय मामिला तथा राजनीति बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
जिम साइमन्स : विश्वले गुमाएको महान् गणितज्ञ, नेपालले गुमाएको स्वास्थ्यसेवी 
बीएण्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
सम्बन्धित सामग्री
नोरा फतेही काठमाडौँमा, हायात ग्राउण्डमा उनी सहित नेपाली कलाकारले प्रस्तुती दिने कार्यक्रममा नेपाली कलाकार दुर्गेश थापा, नृत्याङ्गना तेरिया फौजा मगर, नृत्यकार समर्पण लामा र भ्वाइस अफ नेपाल सिजन ६ का टप फाइनलिष्ट इ... शनिबार, जेठ ३, २०८२
हसन राईको ‘नायुमा’ म्युजिक भिडियो सार्वजनिक गायक हसनले अहिले सम्म करिव २ दर्जन बढी गीतहरु रेकर्ड गरिसकेका छन् । आधा दर्जन गीतको म्युजिक भिडियोमा मोड्लिङ समेत गरिसकेका हसनले यो... बुधबार, वैशाख ३१, २०८२
स्मारिका ढकाल र पुरु भण्डारीको अभिनयमा “ढाँटछेउ कतिलाई” सार्वजनिक यस गीतलाई नेपाली आधुनिक गीतको उत्कृष्ट नमुनाको रूपमा लिइएको छ र यसले नेपाली संगीतप्रेमीहरूको मन जित्ने अपेक्षा गरिएको छ । गीत प्रेम,... मंगलबार, वैशाख ३०, २०८२
ताजा समाचारसबै
निजामती कर्मचारीलाई 'कुलिङ पिरियड' लगाउनु असंवैधानिक रहेको मुख्यसचिव र सचिवहरूको दाबी बिहीबार, जेठ ८, २०८२
आईएसआईसँग सम्बन्ध भएको आरोपमा दिल्लीमा एक नेपालीविरुद्ध मुद्दा, पहिचान छुपाएर बस्दै आएको आरोप बिहीबार, जेठ ८, २०८२
कुलिङ पिरियडको प्रावधानबाट समिति पछि हट्दैन: सभापति खतिवडा बिहीबार, जेठ ८, २०८२
जापानमा ट्याक्सी चालकले ५० महिलालाई बलात्कार गरेको आशङ्का बिहीबार, जेठ ८, २०८२
सगरमाथा आरोही छत्यालको बढुवा, दर्ज्यानी चिन्ह प्रदान बिहीबार, जेठ ८, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण]
सय दिने प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री केपी ओली [प्रत्यक्ष प्रसारण] बुधबार, कात्तिक ७, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, भदौ १९ [भिडियाे] बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण]
प्रधानमन्त्रीसँग प्रश्नोत्तर [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण]
भारत भ्रमणबारे प्रतिनिधि सभा बैठकमा जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [प्रत्यक्ष प्रशारण] बिहीबार, असार ६, २०८१
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे]
Nepal Live Samachar नेपाल लाइभ समाचार, जेठ ३० [भिडियाे] बुधबार, जेठ ३०, २०८१
सबै हेर्नुहोस
ट्रेण्डिङ
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
भारतका शीर्षस्थ माओवादी नेता बसवराजुसहित २७ लडाकु मारिए बुधबार, जेठ ७, २०८२
५ सय र १ हजारको नयाँ नोट छाप्ने गभर्नर पौडेलको पहिलो निर्णय बुधबार, जेठ ७, २०८२
काठमाडौं प्रहरी परिसर गेटबाट थुनुवा भागे बुधबार, जेठ ७, २०८२
नवनियुक्त गभर्नर पौडेलप्रति सांसद शाहीको कटाक्षः चुनाव हरुवा कार्यकर्ता गभर्नर बन्ने बुधबार, जेठ ७, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ : डा जोआना रेभन नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको आर्थिक समृद्धिको आधार बन्न सक्छ ‘धार्मिक पर्यटन’ राजेश कुमार शाह
स्मार्टफोनको दुष्प्रभाव : विद्यार्थीहरू किन जोखिममा छन् ? नेपाल लाइभ
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर नेपाल लाइभ
दास मानसिकता बोकेको विचारबाट परिवर्तन सम्भव छैन : पूर्वन्यायाधीश खतिवडा नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
एकैपटक देशभर किन भयो विद्युत् अवरुद्ध? बिहीबार, जेठ १, २०८२
देउवाले बोलाए शीर्ष नेताको बैठक बिहीबार, जेठ ८, २०८२
नेपाली टोलीको युके भ्रमण : अभ्यास खेलमा भीम र दीपेन्द्रले हाने शतक सोमबार, जेठ ५, २०८२
घट्यो पेट्रोलियम पदार्थको मूल्य, कुनमा कति ? बिहीबार, जेठ १, २०८२
विश्व पौडेललाई गभर्नर बनाउने सहमति मंगलबार, जेठ ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्