• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
  • गोपनीयता नीति
  • प्रयोगका सर्त
मंगलबार, असार १७, २०८२ Tue, Jul 1, 2025
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
लेख-विश्लेषण
नेपाल सुपर लिग विवाद: घरेलु फुटबलमा अर्को ‘शीतयुद्ध’
64x64
दीप सुवेदी बिहीबार, फागुन १९, २०७८  २१:०१
1140x725

काठमाडौं– नेपालको घरेलु फुटबल प्रत्यासित र अप्रत्यासित रुपमा अस्थिर भइरहन्छ। अखिल नेपाल फुटबल संघ (एन्फा)भित्र बेलाबेला देखिने आन्तरिक द्वन्द्व र ‘ए’ डिभिजन लिगका ठूला क्लबमा एन्फा पदाधिकारीहरुकै लगानीले नेपाली फुटबल क्षेत्रलाई धमिलो बनाउने गरेको छ। यसबाट घरेलु प्रतियोगिताको क्यालेन्डर त प्रभावित भएकै छ, फुटबलमा लगानी गर्नेलाई समेत हतोत्साही बनाइरहेको छ।

यसकै एक उदाहरण हो– यस वर्षको सुरुआतमा जन्मिएको नेपाल सुपर लिग (एनएसएल)। गत साता घरेलु फुटबलमा आधा शताब्दीभन्दा लामो समय पार गरिसकेको सहिद स्मारक ‘ए’ डिभिजन लिग सकिएसँगै नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालि (एनएसइएम)ले दोस्रो संस्करणको एनएसएलको तयारी तीव्र बनाएको थियो। 

कोरोना कालमा ‘ए’ डिभिजन लिग नहुँदासमेत एनएसइएमले बन्द रंगशालमा लिग आयोजना गरेर घाटाघाटाको व्यापार मात्र गरेन, 'मन भए नेपाली फुटबललाई जस्तोसुकै स्थितिमा समेत माथि उकास्न सकिन्छ है' भन्ने उदाहरण पनि दियो। एनएसएलका लागि एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पाले हौसलासँगै मैदान पनि दिए। त्यति मात्र नभइ शेर्पाले सहयोगका लागि हात समेत अगाडि बढाए। जसका कारण नेपाली फुटबलमा विवादका बाबजुद एन्फाकै लिगलाई चुनौती दिनेगरी निजी र व्यावसायिक घरानाले प्रवेश पाए।

तर, यसपटक एनएसइएमले लिगको तयारीसँगै प्रशिक्षक र मार्की खेलाडीमाथि लगानी गरेपश्चात् अन्तिम समयमा उनै शेर्पा नेतृत्वको एन्फाले हात झिकिदिँदा एनएसएलको क्यालेन्डर प्रभावित मात्रै बनेको छैन, नेपाली घरेलु फुटबलमा 'शीतयुद्ध' नै सुरु भएको छ। 

हुन त दोस्रो संस्करणको एनएसएलको मिति घोषणा हुँदादेखि नै शीतयुद्ध सुरु भइसकेको थियो। एनएसइएमले प्रतियोगिताको लागि घोषणा गरेको मिति एन्फाले यसअघि आफैंले सार्वजनिक गरेको क्यालेन्डर र राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले बनाएको योजनासँग जुध्न पुगेको थियो। तर, एन्फाले बेलैमा आफ्नो क्यालेन्डर र एनएसएलको मिति र शैलीमा ध्यान नदिँदा यो युद्धले उग्ररुप लिने संकेत देखिएको छ। 

आफूले नै उब्जाएको शीतयुद्धमा एन्फा मौन बस्दा ‘ए’ डिभिजनका आठ क्लब (मछिन्द्र, संकटा क्लब, न्यूरोड टिम, सातदोबाटो युथ, मनाङ मर्स्याङ्दी, थ्रीस्टार, जावलाखेल युथ, फ्रेन्ड्स) तानिकाएका छन्। यी आठै क्लबले गत आइतबार धमाधम एनएसएलले मार्की खेलाडी र प्रशिक्षकहरू नियुक्त गरेर गोल्डकप खेल्ने तयारीमा रहेका खेलाडीलाई प्रभावित बनाइरहेको भन्दै संयुक्त प्रेस विज्ञप्तिमार्फत् एनएसइएमलाई सचेत गराइदिन आग्रह गरेका थिए। 

आठ क्लबमध्ये तीन क्लब आगामी २६ चैतदेखि बुढासुब्बा गोल्डकपमा सहभागी हुँदैछन्, बाँकी क्लब आज (बिहीबार)देखि सुरु भएको खप्तड गोल्डकपमा सहभागी भए। यसबाहेक तिलोत्तमा, हेटौंडा र झापा गोल्डकपमा पनि सहभागी हुँदैछन्। यी गोल्डकपमा सहभागी हुन खेलाडीसँग गरेको सम्झौता अझै २ महिनाभन्दा बढी समय बाँकी नै छ, कसैसँग दुई वर्ष।

तर, कानुनी प्रकिया पूरा गरेर भित्र्याएको खेलाडीसँग सम्झौता बाँकी रहँदै एनएसइएमका फ्रेन्चाइजी टोलीले आफूखुसी खेलाडी र प्रशिक्षक अनुबन्ध गरेर फुटबल विकासमा लगानी गर्दै आइरहेका क्लबहरुको भविष्यलाई कुठाराघात गर्ने प्रयास गरिरहेको ‘ए’ डिभिजन लिग च्याम्पियन मछिन्द्र क्लबका उपाध्यक्ष र म्यानेजर समेत रहेका अनिल श्रेष्ठ बताउँछन्।

‘हामी फुटबल विरोधी होइनौं। तर, एन्फा र मोफसलको क्यालेन्डरलाई योजना बनाएर कानुनी रुपमै भित्र्याएको खेलाडीहरु भटाभट क्लबलाई नै नसोधी अन्य क्लबमा लैजानु गौरकानुनी मात्रै होइन, हामीलाई पेलेर जाने नियत पनि हो,’ उनले नेपाल लाइभसँग भने,‘यसरी नै चल्दै गए फुटबल विकासमा गरेको लगानीलाई समेत असर गर्छ।’

हुन त ए डिभिजन आधिकारिक लिग हो। यसले कन्टिनेन्टल कप, पहिले एएफसी प्रेसिडेन्ट्स कप (अहिले एएफसी कप) को लागि समेत मान्यता पाएको छ। एनएसएल फ्रेन्चाइज लिग हो। यसले अन्य विदेशी प्रतियोगिताका लागि आधिकारिकता पाउँदैन। तर, भारतीय दुई लिग: आई–लिग र इण्डियन सुपर लिगबीचको द्वन्द्व जस्तै खतरा निम्त्याउने सक्ने भएका कारण एनएसएललाई लिएर एन्फालाई पहिला नै फुटबल विश्लेशकहरुले 'सचेत' गराएका थिए।

तर, एन्फाका अध्यक्ष शेर्पाले आफ्नो असफलतालाई ढाकछोप गर्न सल्लाह नै नगरी लिग सञ्चालन स्वीकृति दिएको एन्फाकै पदाधिकारीको बताउँछन्। जससँगै ‘ए’ डिभिजनका क्लबमाथिको लगानीमा समेत जोखिम बढेको थियो। अहिले त्यही कारणले एनएसएल शेर्पालाई ‘निल्नु न ओकाल्नु’ मात्रै भएको छैन, उनी आफैं विज्ञप्ति निकाल्न समेत बाध्य भएका छन्। 

तर, उनी यो कुरा स्वीकार गर्न चाहँदैनन्। प्रशिक्षक अल्मुताइरी विवादमा मुछिएपछि मिडियामा नबोल्ने ‘अडान’ लिएका कारण उनले यसको आधिकारीक धारणा सार्वजनिक गर्ने जिम्मेवारी भने महासचिव इन्द्रमान तुलाधारलाई दिएका छन्।

‘रेडिमेट’ जवाफ बनाएर बसेका तुलाधर भने चैतको १९ गतेसम्ममात्र गोल्डकपलाई अनुमति दिएको र एनएसएललाई प्रभाव नपार्ने बताउँछन्। 

‘हामीले एनएसएललाई असर गर्नेगरी गोल्डकपको स्वीकृति दिएको छैन। चैतको १९ गतेसम्म मात्र अनुमति दिएका थियौं। आज (बिहीबार)बाट सुरु हुने गोल्डकपमा केही क्लब सहभागी हुनेछन्,’ उनले नेपाल लाइभसँग भने। 

तर, उनको यो कुरामा आठ क्लब भने आश्वस्त हुन सकेनन्। उनीहरुले शुक्रबार एनइएसएमले सोल्टी होटलमा बिहान १० बजे राखेको अक्सनभन्दा पहिला सबै समस्या समाधान हुनुपर्ने अडान राखेपछि एन्फका पदाधिकारी झुक्न बाध्य भए। 

एन्फाका पदाधिकारी र असन्तुष्ट ८ क्लबबीच बसेको बैठकले शुक्रबार तय भएको अक्सन स्थगित गर्न एनएसएल आयोजकलाई पत्र काट्ने निर्णय गरेको छ। ‘क्लबहरुले अक्सनभन्दा पहिला सबै समस्या समाधान हुनुपर्ने अडान राखेका थिए। हामीले अध्यक्षज्युलाई फोन गरेर उहाँकै अनुमतिमा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङको नेतृत्वमा बैठक बसेर निर्णय गरेका हौं,’ तुलाधरले भने।

हुन त गत चैतमा लिग थिएन, खेलाडी खालि नै थिए। यसका साथै अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको क्यालेन्डर केही नै थिएन। त्यसैले खेलाडीलाई एनएसएलमा सहभागी हुन सबै क्लबले अनुमति दिएका थिए। तर, अहिले अवस्था फरक छ। अन्तर्राष्ट्रिय खेल क्यालेन्डर छ, मोफसलका लिगहरु छन्। यस्तो बेलामा एनएसइएमले ‘ए’ डिभिजन लिगलाई पेलेरै जाने नियत देखाएको लिग कमिटी प्रमुख विज्ञानराज शर्मा आरोप लगाउँछन्।

‘एनएसएलका लागि खेलाडीको सूची निकाल्नुअघि विवाद नहुने अवस्थाको ग्यारेन्टी नगर्नुमा एन्फा र सम्बन्धित क्लबहरुसँग कुरा नगरी फ्रेन्चाइज लिगको तयारी गर्नुमा एनएसइएमको कमजोरी हो,’ शर्माले भने,‘अब सम्बन्धित क्लबबाट रिलिजको प्रक्रिया सुरु हुन्छ। क्लबले रिलिज नगरे खेल्दैन।’

तर, एनएसएलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदीप शर्मा भने यो कुरा स्वीकार गर्न चाहँदैनन्। उनी एनएसएल विन्डोको विषयमा एन्फाले चैत १५ देखि आयोजनाको अनुमति दिएको दाबी गर्छन्।

‘अन्य क्लबहरूलाई मर्का नपर्ने र खेलाडी पनि उपलब्ध हुने भन्ने मध्यमार्गबाट नै एन्फासँग सल्लाह गरेर नै यो मिति तोकेका हौं,’ उनले भने, ‘ हामीलाई एन्फाले मौखिक रूपमा चैत १५ देखि एनएसएलका लागि समय दिएको हो। लिखित चाहिँ भएको थिएन। उहाँहरुले पत्र काटेका छौं भन्नुभएको छ, हात परेपछि निर्णय गर्छौं।’ 

कुनै फुटबल प्रतियोगिता आयोजना गर्दा एन्फासँगै उनले लिखित सहमती लिनुपर्ने हो। तर, मौखिको भरमा गोट्टी चाल्दा पहिलो संस्करणमा यसको जगमाथि नै प्रश्न उठेको थियो। दोस्रो संस्करणअघि पनि यसको जग थप कमजोरी देखिएको छ। बिहीबार बसेको एन्फा बैठकले यसलाई कमजोर मात्रै बनाएको छैन, थप धरासायी बनाएको छ।

एन्फाले तत्कालको लागि अक्सन रोके पनि कालान्तरमा अल्मताइरीको योजनामा थप समस्या पार्न सक्ने देखिन्छ। २०२६ मा हुने एसियन कप छनोटको तेस्रो चरणका लागि नेपाली राष्ट्रिय टोलीले ८, ११ र १४ जुन (जेष्ठ अन्तिम सातासम्म)मा प्रतिस्पर्धा गर्दैछ। इन्डोनेसिया, जोर्डन र कुवेतजस्ता आफूभन्दा बलिया टोलीसँग एसियन कप छनोटमा प्रतिस्पर्धा गर्नुपर्ने हुनाले शारीरिक रुपमा सुदृढ हुन उनले मैत्रीपूर्ण खेल खेलाउने योजना बनाएका छन्। 

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको पनि प्रयास एन्फाले गरिरहेको छ। यस्तोमा एनएसएलले भने राष्ट्रिय टोलीको प्रशिक्षणमा प्रत्यक्ष असर पर्ने देखिन्छ। 

अब एन्फासँग तीन विकल्प छन्–ए डिभिजन क्लबको सम्झौतामा रहेका खेलाडीलाई एनएसएल सहभागी नगराउने, एनएसएलमा आवद्द खेलाडीलाई राष्ट्रिय टोलीमा सहभागी नगराउने र एनएसएलको मिति नै पर सार्ने। एन्फाले असारपछि लिग सारेको खण्डमा भने क्लबलाई र अल्मुताइरीलाई कुनै आपत्ति रहँदैन। तर, पेलेरै गए चारैलाई समस्या पर्ने देखिन्छ।

प्रकाशित मिति: बिहीबार, फागुन १९, २०७८  २१:०१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
दीप सुवेदी
लेखकबाट थप
प्रशिक्षकको रणनीतिमै अलमल्ल खेलाडी!
जम्न नसकेका ज्ञानेन्द्र 
ताेकिएकै समयमा नेपाल टी-२० आयाेजना हुनेमा आशंका, क्यान भन्छ- कुनै बहानामा सर्दैन
सम्बन्धित सामग्री
‘अन्डरडग’ जिरोना इतिहास कोर्ने बाटोमा, दिनसक्छ एउटा ‘सरप्राइज’ नतिजा ला–लिगाको सिजन २०२३/२४ को पहिलो १९ हप्ता सकिँदा जिरोनाले पाँच पटक शीर्ष स्थानको अग्रता बनाएको थियो। र, अहिले पनि रियल मड्रिडसँग समान... मंगलबार, पुस २४, २०८०
जनतासँग माओवादी अभियान : रूपान्तरणको सार्थक बहस हुन त यसअघि पनि केन्द्रीय महाधिवेशनमा पार्टी अध्यक्ष प्रचण्डले पार्टी बिग्रिएको र विघटन गर्दा हुने भनाइ राख्दै जनतामा फर्कनुपर्ने उद... बुधबार, भदौ २०, २०८०
शरदचन्द्र शाहको सोचको उपज थियो, पहिलो दक्षिण एशियाली खेलकुद  भारतले आयोजनाको दाबेदारी छोडेपछि माल्दिभ्सको पालो आउँथ्यो, तर माल्दिभ्समा खेलकुदको कुनै पूर्वाधार तयार थिएन। त्यसैले उसले सुरुमै हात... मंगलबार, असार २६, २०८०
ताजा समाचारसबै
लगातार बढ्दै सेयर बजार ,परिसूचक २८ अङ्कले बढ्दा ७ अर्बको कारोबार मंगलबार, असार १७, २०८२
विपद् प्रतिकार्य हवाई उद्धारका लागि सम्झौता मंगलबार, असार १७, २०८२
२८ गाडीको अनुगमनमा ४४ वटा प्रयोग गर्न नमिल्ने जार फेला मंगलबार, असार १७, २०८२
वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कानुनी दायरामा ल्याइनेछः मन्त्री भण्डारी मंगलबार, असार १७, २०८२
नेपाल ‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौँ नम्बरमा मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो)
मन्त्रिपरिषद् बैठकका १५ निर्णय सार्वजनिक (भिडियो) सोमबार, असार १६, २०८२
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो)
युवाहरूका विचारलाई व्यावसायिक योजनाहरुमा बदल्नपर्छ : उपराष्ट्रपति यादव (भिडियो) सोमबार, असार १६, २०८२
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो)
वीरगन्जको मुख्य सडकमा चल्यो महानगरको डोजर (भिडियो) सोमबार, असार १६, २०८२
६७औं संसद दिवस समारोह
६७औं संसद दिवस समारोह सोमबार, असार १६, २०८२
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ)
आज पनि संसद्‌मा रास्वपा र राप्रपाको अवरोध (लाइभ) आइतबार, असार १५, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
समिति सभापति र सचिवले राजीनामा नगरेसम्म समिति बैठक चल्दैन : सापकोटा मंगलबार, असार १७, २०८२
भुटानलाई नेपालले दियो ३५९ रनको लक्ष्य, रौनक श्रीवस्तवको विस्फोटक ब्याटिङ मंगलबार, असार १७, २०८२
भारत जाने विमानमा फेरि सर्प सोमबार, असार १६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विश्व सेतो दुबी दिवस : रोग छालाको, प्रश्न चेतनाको नेपाल लाइभ
प्रिय दाई गुटबन्दीको अन्त्य गरी लोकप्रिय पार्टी बनाउन योगदान दिनुहोस् ! ई. विश्वराज काफ्ले
खोपको महत्व र बालबालिकाको स्वास्थ्य सुरक्षामा हाम्रो भूमिका नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
ब्लग
बैंकिङ्ग व्यवसायलाई उद्यमशीलताको भर मंगलबार, वैशाख २, २०८२
हितेन्द्र र कुलमानको रिट हेर्न नमिल्नेमा आइतबार, चैत १७, २०८१
चौरासी वर्षका क्यान्सरविजेताको जीवन वृत्तान्त ‘कालसँग कुस्ती’ सार्वजनिक आइतबार, फागुन १८, २०८१
सबै हेर्नुहोस
लोकप्रिय
पूर्वमन्त्री मोहन बस्नेतलाई २५ लाख धरौटीमा छाड्न अदालतको आदेश आइतबार, असार १५, २०८२
कतारमा गरिएको आक्रमणमा इरानी राष्ट्रपतिले मागे माफी मंगलबार, असार १०, २०८२
टिकटकर बस्नेत पक्राउविरुद्ध सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको निवेदन, थुनामा राख्नुको कारण देखाउ आदेश जारी मंगलबार, असार १०, २०८२
विद्या भण्डारीले पूर्वराष्ट्रपति हैसियतको सुविधा फिर्ता गर्ने सोमबार, असार १६, २०८२
उडानमै यात्रीको आइफोन चोरी भएपछि 'फ्लाइट क्रु'का सबै जना निलम्बित मंगलबार, असार १७, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2025 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्