काठमाडौं– दाङको तुलसीपुर उपमहानगरपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले अग्रता लिएका छन्।
सुरुवाती अग्रता नेकपा एमालेका टिकाराम खड्काले लिएपनि पछिल्लो परिणाम अनुसार नेपाली कांग्रेसका गिरीले अग्रता लिएका हुन्।
गिरीले ४ हजार २१२ र खड्काले ४ हजार ७६ मत प्राप्त गरेका छन्। उनले १३६ मतले अग्रता लिइरहेका छन्। उपप्रमुखमा भने नेकपा एमालेकी स्यानी चौधरीले अग्रता लिएकी छन्। उनले ३ हजार ६६३ मत प्राप्त गर्दा गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका जोगबहादुर राना मगरले ३ हजार ८८ मत प्राप्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।