काठमाडौं– सुर्खेतको भेरीगंगा नगरपालिकाको प्रमुखमा गठबन्धनको उम्मेदवारलाई पराजित गर्दै नेकपा एमालेका यज्ञप्रसाद ढकाल निर्वाचित भएका छन्।
नगर प्रमुखमा विजयी भएका ढकालले १० हजार २२ मत प्राप्त गरे। गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका प्रमुखका उम्मेदवार रामबहादुर सिंहले ९ हजार ७९७ मत प्राप्त गरे।
नगरपालिकाको उपप्रमुखमा पनि नेकपा एमाले नै विजयी भएको छ। एमाले उम्मेदवार धनसरा बोहराले ९ हजार ६१४ मत प्राप्त गरिन्। गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार नन्दबहादुर कार्कीले ८ हजार ९१३ मत प्राप्त गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।