काठमाडौं- बाँकेको डुडुवा गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ।
अध्यक्षमा कांग्रेसका नरेन्द्रकुमार चौधरी ६ हजार २७२ मत ल्याएर निर्वाचित भए। उनका प्रमुख प्रतिद्वन्द्वी जसपाका भण्डारीलाल यादवले ५ हजार १२५ मत पाए।
उपाध्यक्षमा कांग्रेसकै शहिदा बानो ५ हजार ८८४ मत ल्याएर निर्वाचित भएकी हुन्। उनका निकटतम् प्रतिश्पर्धी जसपाका तरन्नु बानो ले४ हजार ७५४ मत प्राप्त गरिन्।
दुवै पदमा एमाले तेस्रो स्थानमा रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।