काठमाडौं- पोखरा महानगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले मतान्तर बढाइरहेका छन्।
पछिल्लो परिणाम अनुसार आचार्यले २० हजार ७ सय ४९ मत प्राप्त गरका छन् भने उनका प्रतिस्पर्धी उकृष्णबहादुर थापाले १८ हजार ३ सय ६६ मत प्राप्त गरेका छन्।
उनीहरूबीचको मतान्तर २ हजार ३ सय ८३ मतको रहेको छ।
त्यस्तै, उपमेयरमा भने कडा प्रतिस्पर्धा देखिएको छ। उपमेयरमा एमालेका उम्मेदवारले झिनो मतले अग्रता लिएकी छन्।
जसअनुसार एमालेकी मञ्जु देवी गरुङले २० हजार ९ सय ७७ मत प्राप्त गरेकी छन् भने कांग्रेसकी कोपिला रानाभाले २० हजार ९ सय ६३ मत प्राप्त गरेकी छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।