धरान– धरान उपमहानगरपालिकाको मेयरका स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले गठबन्धनका किशोर राईलाई १७९ मतले उछिनेका छन्। २९ हजार ७६४ मत गणना भइसक्दा प्रमुखमा स्वतन्त्र उम्मेदवार साम्पाङले ८६१६ मत प्राप्त गरेका छन्।
गठबन्धनका उम्मेदवार कांग्रेसका किशोर राईले ८४३७ मत प्राप्त गरेर पछ्याइरहेका छन्। एमालेकी उम्मेदवार मञ्जु भण्डारी (सुवेदी) ले भने ६८९५ मत प्राप्त प्राप्त गरेकी छन्।
उपमेयरमा गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाको अग्रता छ। उनले ९५२० मत प्राप्त गरेका छन्। एमाले उम्मेदवार पदम इस्वो ९१६२ मत प्राप्त गरेर बेघालाई पछ्याइरहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।