काठमाडौं– अर्घाखाँचीमा ६ मध्ये तीन पालिका जित्दै नेकपा एमाले ठूलो दल बनेको छ। अघिल्लो स्थानीय निर्वाचनमा एउटा मात्र पालिका जितेको एमालेले यसपटक कांग्रेसबाट दुई वटा पालिका खोसेको छ।
तीन नगरपालिका र तीन गाउँपालिका रहेको यस जिल्लामा कांग्रेसले दुई पालिकामा मात्र जित हात पारेको छ। कांग्रेसले छत्रदेव गाउँपालिका र सितगंगा नगरपालिका जितेको हो। एमालेले पाणिनी र मालारानी गाउँपालिका र सन्धीखर्च नगरपालिका जित हात पारेको छ। त्यस्तै माओवादी केन्द्रले प्रमुखमा कुनै सिट जितेन भने माओवादी केन्द्रले भुमिकास्थान नगरको उपमेयर जितेको छ।
२०७४ सालको स्थानीय निर्वाचनमा कांग्रेसले ४ पालिका जितेको थियो। तर यस पटक दुई स्थान गुमाएको छ। यसअघि छत्रदेव, पाणिनी, सन्धीखर्च र सितगंगा जितेको थियो। माओवादी केन्द्रले भुमिकास्थान र एमालले मालारानीमात्र जितेका थिए।
यसपटक एमालेले कांग्रेसबाट पाणिनी गाउँपालिका र सन्धिखर्क नगरपालिका खोस्न सफल भएको छ। एक पालिकामा जनमोर्चाले जित हात पारेको छ।
यस्तो छ पालिकाको अवस्था
१. छत्रदेव गाउँपालिका
प्रमुख चन्द्रमान श्रेष्ठ/कांग्रेस
उपप्रमुख मनी पन्थी/एमाले
२. पाणिनी गाउँपालिका (एमालेले कांग्रेसबाट खोसेको )
प्रमुख टेकराज न्यौपाने/एमाले
उपप्रमुख नर्मदा गौतम पौडेल/एमाले
३. भुमिकास्थान नगरपालिका माओवादी (गठबन्धन)
प्रमुख छविलाल थापा/जनमोर्चा
उपप्रमुख बालकृष्ण बन्जाडे/माओवादी केन्द्र
४. मालारानी गाउँपालिका (एमाले कायमै)
प्रमुख दलबहादुर भट्टराई/एमाले
उपप्रमुख दिपा पोखरेल/एमाले
५. सन्धिखर्क नगरपालिका (कांग्रेसबाट खोसेको)
प्रमुख कृष्णप्रसाद श्रेष्ठ/एमाले
उपप्रमुख मिश्रा आचार्य/एमाले
६. सितगंगा नगरपालिका (कांग्रेसले कायमै राखेको)
प्रमुख छविलाल पौडेल/काग्रेस
उपप्रमुख गीता भाट/एमाले
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।