गुलरिया– बर्दियाको बढैयाताल गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार विजयी भएका छन्। उपाध्यक्षमा भने नेकपा एमालेले जित हासिल गरेको छ।
नेकपा माओवादी केन्द्रका उम्मेदवार हिमालय त्रिपाठी ९ हजार ३६७ मत ल्याएर गाउँपालिकाको अध्यक्ष निर्वाचित भए। उनका प्रतिस्पर्धी नेकपा एमालेका लाल बहादुर श्रेष्ठले ८ हजार ३०७ मत ल्याए। अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार भगत बहादुर नेपालीले ६ हजार ५५० मत ल्याए।
उपाध्यक्षमा नेकपा एमालेकी लक्ष्मी कुमारी अधिकारी ८ हजार ८८५ ल्याएर विजयी भइन्। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसकी पवित्रा कुमारी अर्यालले ८ हजार ३१५ मत प्राप्त गरिन्। उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका उम्मेदवार कमला गुरुङले ६ हजार ७०२ मत ल्याइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।