काठमाडौं– अघिल्लो स्थानीय तहको निर्वाचनमा संखुवासभाका १० पालिकामध्ये ५ पालिकाको नेतृत्व जितेको एमाले यसपटक भने ४ पालिकामा सीमित भएको छ। अघिल्लोपटक ५ पालिका जितेको कांग्रेसले भने एमालेबाट एउटा पालिकाको नेतृत्व खोसेर ६ पुर्याएको छ।
संखुवासभामा माओवादी केन्द्रले यसपटक पनि कुनै पालिकाको नेतृत्व जित्न सकेन।
अघिल्लो स्थानीय तहको निर्वाचनमा एमालेले संखुवासभाका सभापोखरी गाउँपालिका, मादी नगरपालिका, मकालु गाउँपालिका, चैनपुर नगरपालिका र खाँदवारी नगरपालिकामा जित निकालेको थियो। तर, यसपटक भने एमालेले संखुवासभाको मादी नगरपालिका, भोटेखोला नगरपालिका, धर्मदेवी नगरपालिका र चैनपुर नगरपालिकामा जीत निकालेको छ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा कांग्रेसको जीत भएको भोटेखोला नगरपालिका र धर्मदेवी नगरपालिका यसपटक आफ्नो पोल्टोमा पारेको एमालेले अघिल्लो पटक जितेको मकालु गाउँपालिका, सभापोखरी गाउँपालिका र खाँदवारी नगरपालिका भने गुमाएको छ।
एमालेले यसपटक जित निकालेको मादी नगरपालिकामा जीवन लिंथेप, भोटखोला गाउँपालिकामा वाङ छेदर लामा, धर्मदेवी नगरपालिकामा उदय चन्द्र पौडेल र चैनपुर नगरपालिकामा कृष्ण कुमार तामाङ निर्वाचित भएका छन्।
यसपटकको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले ६ पालिकामा जीत निकालेको छ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा जितेका आफ्ना २ पालिका गुमाएको कांग्रेसले एमालेले अघिल्लोपटक जितेका ३ पालिका खोस्दै ६ पालिकामा जीत निकालेको हो।
कांग्रेसले यसपटक सभापोखरी गाउँपालिका, खाँदवारी नगरपालिका, चिचिला गाउँपालिका, पाँचखपन नगरपालिका, सिलीचोङ गाउँपालिका र मकालु गाउँपालिकामा जीत निकालेको छ। यीमध्ये तीन पालिका चिचिला गाउँपालिका, पाँचखपन नगरपालिका र सिलीचोङ गाउँपालिका अघिल्लो पटक नै जितेका पालिका हुन् भने बाँकी तीन सभापोखरी गाउँपालिका, खाँदवारी नगरपालिका र मकालु नगरपालिका अघिल्लो पटक एमालेले जितेका पालिकाहरु हुन्। कांग्रेसले एमालेले अघिल्लो पटक जितेका यी ३ पालिकामा जीत निकाल्दै संखुवासभाको ६ पालिकामा जित निकालेको छ।
कांग्रेसले जितेका ६ पालिकाहरुअन्तर्गत चिचिला गाउँपलिकामा पासाङ नुर्वु शेर्पा, खाँदवारी नगरपालिकामा महेश थपलिया, पाँचखपन नगरपालिकामा विपीन राई, सभापोखरी गाउँपालिकामा भिमबहादुर लिम्बु, सिलिचोङ गाउँपालिकामा भुपाल राज राई र मकालु गाउँपालिकामा ओङदी छिरिङ शेर्पाले जित निकालेका छन्।
यस्तो छ मतपरिणाम:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।