काठमाडौं– मधेस प्रदेश सभा सदस्य (सांसद)बाट राजीनामा दिएर मेयरको उम्मेदवार बनेका उपेन्द्र प्रसाद कुशवाहा पराजित भएका छन्।
२०७४ को प्रदेश सभा निर्वाचनमा सर्लाही ४ ‘ख’बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका कुशवाहा प्रदेश सांसदबाट राजीनामा दिएर मेयरमा उम्मेदवारी दिएका थिए। मधेश प्रदेश सभामा कांग्रेसको प्रमुख सचेतक समेत रहेका साहले सर्लाहीको गोडैटा नगरपालिकाको मेयर पदमा कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका थिए।
तर, साह लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का उम्मेदवारसँग पराजित भएका छन्। कुशवाहालाई ५४२ मतले पराजित गर्दै लोसपाका देवेन्द्रकुमार यादव मेयरमा निर्वाचित भएका छन्। यादवले ५ हजार २९४ मत ल्याउँदा कुशवाहाले ४ हजार ७५२ मत ल्याए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।