धनगढी– नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशमा थप १ पालिकाको नेतृत्व जितेको छ। एकीकृत समाजवादीले बझाङको केदारस्युँ गाउँपालिकाको अध्यक्ष जितेको छ।
सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका उम्मेदवार गणेश बहादुर बोहरा ४ हजार ३२१ मत ल्याउँदै गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका लोकेश बहादुर भण्डारीले २ हजार ४०८ मत ल्याए।
उपाध्यक्षमा पनि गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन्। नेपाली कांग्रेसकी मनिषा धामी ३ हजार ९३१ मत ल्याउँदै गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भइन्।
उनकी प्रतिस्पर्धी नेकपा एमालेकी नारा कुमार गुर्धामी २ हजार ९४९ मतमा सीमित रहिन्।
सुदूरपश्चिम प्रदेश सभामा सबैभन्दा ठूलो दलको रुपमा रहेको एकीकृत समाजवादीले पालिकाको प्रमुखको रुपमा प्रदेश भरमा बझाङको केदारस्युँमा दोस्रो जित हासिल गरेको हो। एकीकृत समाजवादीले यसअघि कैलालीको घोडाघोडी नगरपालिकाको प्रमुख जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।